स्याटेलाईट अस्पतालका लागि सम्पर्क व्यक्ति तोक्न आग्रह



Download our app to get more features

रुपन्देही २८ जेठ । विपद तथा प्रकोप व्यवस्थापन समिति रुपन्देहीले जिल्लाका स्याटेलाईट अस्पतालमा विपदका समयका लागि लक्षित गरेर आपतकालिन विपद् व्यवस्थापन टिम बनाउन तथा सम्पर्क व्यक्ति तोकेर उसको व्यक्तिगत विवरण पठाउन आग्रह गरेको छ ।

विपद् तथा प्रकोप व्यवस्थापन समिति रुपन्देहीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भएको बैठकले प्रत्येक स्याटेलाईट अस्पतालमा विपद् तथा प्रकोप व्यवस्थापनका लागि सम्पर्क व्यक्ति तोक्न आग्रह गरेको हो । 

बैठकमा ती अस्पतालमा गठन भएका विपद् व्यवस्थापन समितिले त्यस क्षेत्रको विपद् व्यवस्थापनको प्रकृया सहित जिल्लाको हव अस्पताल मार्फत स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारलाई जानकारी गराउने निर्णय गरिएको छ ।त्यस्तै विपद् व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधार, उपकरण, औषधि व्यस्थापनको लागि तीनै वटा सरकारलाई आग्रह गर्ने निर्णय गरिएको जिल्लाको हव अस्पतालका सम्पर्क व्यक्ति लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मिराज रेग्मीले जानकारी गराए ।

हव अस्पतालको सम्पर्क व्यक्तिले सम्पूर्ण अस्पतालबाट प्राप्त विवरण कम्पायल गरि सबै स्याटेलाईट अस्पताल तथा विपद् जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहमा गठन भएका विपद् व्यवस्थापन समितिलाई ७ दिन भित्र उपलब्ध गराउने निर्णय गरिएको छ ।बैठकमा बोल्दै विपद् तथा प्रकोप व्यवस्थापन समितिका अध्यक्ष तथा लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले विपद् व्यवस्थापन अरु भन्दा पनि मानवीय क्षेती नहोस् भन्ने भएकाले सबै गम्भीर भएर तयारीमा रहन आग्रह गरे । 

त्यस्तै बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. रमेश केसीले सरोकारवाला निकायले जिम्मेवारी बोध गर्नुपर्ने र सर्वसाधारण जनतामा जनचेतना अधिवृद्धि गर्न आवश्यक रहेको वताए ।
 

Last modified on 2018-07-09 14:30:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts