कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : हवाई एम्बुलेन्सदेखि  हेल्थ पुलिससम्म



Download our app to get more features

काठमाडौं,२८ जेठ । कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्रमुखताका साथ उठान गरेको छ ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गुणस्तरयुक्त विषेशज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइने, प्रत्येक जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित ५० शैंया तथा प्रत्येक स्थानीय तहमा क्रमशः न्यूनतम १५ शैंयाको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ विषय समावेश गरिएको छ । 

यसैगरी आयुर्वेद लगायतका अन्य वैकल्पिक चिकित्सा प्रद्धतिको विकास र विस्तार गरिने, यसका लागि प्रादेशिक आर्युर्वेद अस्पताल स्थापनाको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

औषधिजन्य उद्योग स्थापनाका लागि निजी सामुदायिक साझेदारीलाई प्रोत्साहन गरिनेदेखि आकस्मिक स्वास्थ्य सेवा कोषलाइ निरन्तरता दिइने पनि उल्लेख छ । स्वास्थ्य सेवालाई भरपर्दो र प्रभावकारी बनाउन चिकित्सक, औषधि र एयर लिफ्टिङ सेवाको प्रबन्ध मिलाइनुका साथै हेल्थ पुलिस, गैर जमानती हिरासत र हवाई एम्वुलेन्स संभाव्यता अध्ययनको आधारमा सेवा सुचारु गरिने कार्यक्रम पनि समावेश गरिएको छ । साथै कार्यवविधी बनाई एअर लिफ्टिङ सेवालाई निरन्तरता दिइने छ ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा सुरक्षित मातृत्व, बालस्वास्थ्य, सरुवा र नसर्ने रोग नियन्त्रण सम्बन्धि प्रतिरोधात्मक तथा प्रवर्धनात्मक स्वास्थ्य सेवा कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख गर्नुका साथै स्वास्थ्य सेवालाई मर्यादित र सुरक्षित बनाउन स्वास्थ्यकर्मी आचारसंहिताको व्यवस्था गरिने कार्यक्रम पनि कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।   
 

Last modified on 2018-06-12 06:01:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts