अहेवको छोराको अपहरणपछि हत्या



Download our app to get more features

रौतहट, २८ जेठ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । 

अपहरणमा परेका एक नाबालकको शव आज बिहान बागमती नदी किनारको बगरमा भेटिएको हो ।

मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट उनको शव बरामद गरिसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले जानकारी दिए ।  
टाउकोमा चोट देखिएकाले लाठी अथवा काठले टाउकोमा हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुुमान रहेको प्रहरी निरीक्षक ओझाले बताए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts