जोर्नी दुख्छ ? यसो गर्नुहोस् 

(भिडियोसहित)



Download our app to get more features

नेपालमा हाड तथा जोर्नीको दुखाई धेरैको साझा समस्या हो । जीवनकालमा एक न एक पटक यो समस्याबाट पीडित नहुने मानिस कमै होलान । कस्ता व्यक्तिलाई जोर्नी दुख्छ ? जोर्नी दुख्ने कारण के के हुन् ? र बच्न के गर्ने ? हाड जोर्नी तथा नशारोग विशेषज्ञ डा. दीपक श्रेष्ठको सुझाब यस्तो छ ।
जोर्नी भनेको शरीरलाई चलायमान गराउने अंग हो । शरीरमा जोर्नीहरू धेरै हुन्छन् । हात पाखुराको बीच भाग, कुम, हिपको ज्वोइन्ट, घुँडा, हातखुट्टा, औलाको बीचको भाग सबै जोर्नी हुन् । यिनै जोर्नीमा विविध समस्या सृजना भएर दुख्नुलाई जोर्नीको दुखाइ भनिन्छ । 
जोर्नी दुख्ने प्रमुख कारण :

जोर्नी दुख्ने कुनै निश्चित कारण छैन । सामान्यतया निम्न समस्या भए जोर्नीमा पीडा हुन्छ ः— 

  • हड्डी खिएमा । 
  • जोर्नीमा चोटपटक लागेमा । 
  • बाथ रोगका कारण ।
  • युरिक एसिड भएमा ।
  • थाइराइड भए ।  
  • धुम्रपान, मध्यपान ।
  • बिलाशी जीवनशैली ।

जोर्नी दुखाइ लक्षण :

जोर्नी पीडा हुनुनै यसको प्रमुख लक्षण हो । कारण अनुसार जोर्नीको दुखाइ फरक फरक हुन्छ । साधारणतया दुखाई एक ठाउँबाट अर्को ठाउँमा सर्ने गर्छ । जोर्नी वरपरको मासुको भागमा रातो रातो वा निलो देखिनु । जोर्नी चलाउन अप्ठयारो हुनु । दुखाई बढ्दै जानु । क्रोनिक अवस्थामा पुगे दैनिक कामकाजमा नै बाधा पर्छ । दुखाई सहनै नसक्ने हुन्छ । जोर्नीको भाग बांगिएर टेक्नै नहुने पनि हुन सक्छ ।

यी उमेर समूहका व्यक्तिलाई जोर्नीको समस्या बढी :

हुनत जोर्नी दुख्ने समस्या बालक, युवा, वयस्क, वृद्धवृद्धा, महिला पुरुष सबैमा हुन्छ । यद्यपि, ढल्कदो उमेरका मानिसमा अलि बढी नै समस्या हुन्छ । पुरुषको तुलानामा महिलामा यो समस्या बढी देखिन्छ । साथै महिनावारी सुकेका ४०–४५ वर्ष नाघेका महिलामा हर्मोनको कारणले पनि यो समस्या बढी देखिन्छ । यसबाहेक जो लामो समय एकै स्थानमा बसेर काम गर्छ वा उभिएर काम गर्ने, निहँुरिएर काम गर्ने, बढी लोडको काम गर्ने, बढी तौल भएका मानिसमा यसको समस्या बढी देखिन्छ । 

बच्ने उपाय :

सबै भन्दा पहिला त जोर्नी दुख्न नदिन कुनै पनि रोग लाग्नबाट बच्नु पर्छ । जोर्नीलाई स्वस्थ राख्नको लागि सक्रिय जीवन शैली अप्नाउने, स्वस्थ खानपानमा ध्यान दिने । जोर्नीमा चोटपटक लाग्नबाट बचाउनुको साथै  तौल नियन्त्रणमा राख्ने, युरिक एसिड, थाइराइड, बाथ लगायतका रोगबाट जोगिने । 
यदि जोर्नी दुखी हाल्यो भने दुख्नुको कारण पत्ता लगाउने र सो कारणको समधान गर्ने । यदि युरिक एसिड, बाथले दुखेको हो भने बढी भुटेको, तारेको मासु, रातो मासु, गालेको अचार, गेडागुडी, चिल्लो पिरो, काउली बन्दा, बढी प्रोटिन भएका, बढी गुलियो खाना नखाने । 
समस्या देखिएमा चिकित्सककोमा जाने । चिकित्सकले भने बमोजिम औषधि सेवन गर्नुको साथै खानपानमा ध्यान दियो भने जोर्नी दुख्नबाट सहजै जोगिन सकिन्छ । अन्यथा जोर्नी दुखाई कै कारण दैनिक कार्य गर्न नसकी हिडडुल गर्न समेत नसक्ने अअस्था आउन सक्छ । 

भिडियो हेर्नुहोस् :

Last modified on 2018-06-13 13:25:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts