गाउँमै स्वास्थ्य शिविर बसेपछि स्थानीय दङग



Download our app to get more features

अर्घाखाँची,३१ जेठ  । अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. ८  की ५५ वर्षिया छवि कुमाल चिकित्सकले दिएको औषधिको पर्चा लिदै प्रफुल्लीत मुद्रामा बाहिर निस्किइन् ।

ग्यास्टिक, एलर्जी तथा पिसाब सम्बन्धी समस्या रहेछ उनलाई । कुमालले हात भरी औषधि लिदै भन्दै थिईन् घर आँगनमै सधै यसरी चिकित्सक र औषधि पाउन सके निको हुने थिएँ । शितगंगा नगरपालिकाको वडा नं. ८ र ९ लाई लक्षित गरी लापे माध्यमिक विद्यालय लाहापेमा निःशुल्क स्वास्थ्य शिविर चलिरहँदा कुमाल सहित त्यहाँका बासिन्दा खुशी देखिन्थे ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा चिकित्सक सहितको समूहले निःशुल्क रुपमा चेकजाँच, निःशुल्क औषधि वितरण तथा परामर्श उपलब्ध गराइएको थियो । जिल्ला अस्पतालका मेडिकल अफिसर डा. कपिल गौतमको सात जनाको समूहले एक सय ६२ जनाको स्वास्थ्य उपचार गरेका थिए । 

शिविरमा आँखाको समस्या, ढाड जोर्नी, पानीबाट सर्ने छालासम्बन्धी समस्याको साथै महिलामा पाठेघरसम्बन्धी समस्या, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, पाठेघर खस्ने, सेतो पानी बग्ने जस्ता धेरै समस्या पाइएको डा. गौतमले बताए । निःशुल्क उपचार सेवासँगै महिलाहरुलाई परामर्श, क्षयरोग सम्बन्धी परामर्श, ल्याव टेष्ट संकलन, स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रमको साथै खोप अनुगमन समेत गरिएको थियो । साथै ६ जना महिलामा परिवार नियोजनको अस्थाई साधन इनप्लान समेत राखिएको डा. गौतमले जानकारी दिए । 

दुर्गमका जनतालाई कृषि, नागरिकता, पशु स्वास्थ्य सेवा, स्वास्थ्य सेवा घर दैलोमा पुर्याउने निर्देशिकामा उल्लेखित भए अनुसार वर्षको दुई पटक एकिकृत शिविर सञ्चालन गर्नु पर्ने भएको हुँदा शिविर सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले बताए । उनले भने तिन दिने शिविरको आज अन्तिम दिन वडा ८ र ९ का जनतालाई सेवा दिएका छौं । आइतबार र सोमबार वडा नं. ११ मौवाबारीमा एक सय ६७ र वडा नं. १४ पाब्रमा दुई सय पाँच जनाको निःशुल्क उपचारका साथै परामर्श दिईएको थियो ।

त्यसैगरी पशु स्वास्थ्य सेवा अन्र्तगत गाईगोरु दुई सय २२, भैसी एक सय २४, बाख्रा १९ सय २९, कुखुरा २१ सय ४१ र बंगुर ९० बटालाई औषधि वितरण गरिएको थियो । शितगंगा नगरपालीकाको वडा नं. ८ र ९ जिल्लाको दुर्गम गाउँ हुन् । त्यहाँका जनता सामान्य उपचारको लागि पनि दाङ्गको भालुवाङ्गसम्म जानुपर्ने बाध्यता रहेको छ । वडा नं. ८ दाङ्गको राप्ती गाउँपालीकाको सिमानामा रहेको छ । 


 

Last modified on 2018-06-14 12:09:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts