स्वास्थ्यमन्त्री र राज्यमन्त्रीबीच 'खटपट'



Download our app to get more features

काठमाडौं, ३० जेठ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री पद्मा अर्यालबीच सम्बन्ध चिसिएको छ । 

झन्डै ३ महिना राज्यमन्त्री रहेर पनि पूर्ण मन्त्री सरह कार्यभार सम्हालेकी राज्यमन्त्री अर्याल उपेन्द्र यादव मन्त्री बनेसँगै मन्त्रालय नै जान छोडेकी छन् । राज्यमन्त्री अर्यालले आफ्नो जिम्मेवारी के हो भनेर मन्त्रीसँग सोध्न जाँदा यादवले तत्काल आफू बधाइ थाप्नमै व्यस्त रहेको भन्दै पछि आउन भनेपछि राज्यमन्त्री जान छाडेको मन्त्रालय सुत्रको दावी छ । 'फुलमन्त्री आएसँगै राज्यमन्त्रीज्यू मन्त्रालय भन्दा बढी बाहिरी कार्यक्रममा व्यस्त भएको देख्छु ।' मन्त्रालयका एक उच्च अधिकारीले जनाए । 

यता, राज्यमन्त्री अर्यालको नीजि स्रोतका अनुसार उनी काठमाण्डु भन्दा बाहिर कार्यक्रममा गएको र २ गते मात्रै काठमाडौं फर्कने छिन् । उनका स्वकीय सचिव राजेश शर्माका अनुसार राज्यमन्त्रीको आमा बिरामी भएको बेला र आफै अस्वस्थ हुँदा मात्र मन्त्रालय नगएकी हुन्। उनले भने,‘ राज्यमन्त्री ज्यू मन्त्रालय जानु हुन्छ तर, काम धेरै नहुँदा बाहिरको कार्यक्रममा व्यस्त हुनु भएको छ ।’

यता, स्वास्थ्यमन्त्री उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले भने राज्यमन्त्रीलाई मन्त्रालयमा बिरलै देख्ने गरेको बताए । उनले भने, ‘मन्त्रीज्यूको कोठाभन्दा माथि राज्यमन्त्रीको कोठा छ तर, उहाँ मन्त्रालयमा आएको देखिएको छैन ।’

Last modified on 2018-06-14 17:47:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts