नर्सिङ संघको आन्दोलनलाई धक्काः मानव अंग प्रत्यारोपण केन्द्रका नर्सले तलब पाएनन्



Download our app to get more features

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र (शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट निष्कासन गरेको भनिएका नर्सहरुको पुनर्बहालीसहित पाँच महिनाअघि सरकार र नेपाल नर्सिङ संघबीच भएको ११ बुँदे सम्झौतापत्र कार्यान्वयन नभएको भन्दै नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लविङ थालेको छ । 

तत्कालिन सम्झौता अनुसार मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्कासित नर्सहरु त्रिजना जति र सजना देउलालाई गतसाल साउनदेखी पुषसम्मको तलबको ७५ प्रतिशत उपलब्ध गराउने सहमति भएको थियो । तर, उक्त नर्सहरुले अझै निश्काषन गरिएको समयको तलब नपाएको नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले बताइन् ।

उनले भनिन् 'सम्झौता अनुसार तलब दिइएको छ्रैन । नर्सहरुको संगठनलाई ट्रेड युनियन भन्दै करारमा राखिएका ती नर्सहरुलाई श्रम शोषण नभएको आशयको चिठी मानव अधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयलाई पठाएको बुझिएको छ । यो सरासर हामीमाथिको अन्याय हो ।'

नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई यसैहप्ता भेटेका संघका पदाधिकारीले उक्त नर्सहरुको माग सहित संघीय संरचनामा एघारौं तहमा नर्सको दरवन्दी नराखिएकोप्रति ध्यानाकर्षण गराएका छन् । 

Last modified on 2018-06-14 17:47:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts