२४ सै घण्टा चल्ने एक स्वास्थ्य चौकीको दयनीय अवस्था : जहाँ पानी,औषधि मात्र होइन कर्मचारी पनि छैनन्



Download our app to get more features

रुपन्देही,१ असार ।  रुपन्देहीको वोधवार स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर भएपनि भवन, पानी र शौचालयको समस्या भएको स्वास्थ्यचौकीले बताएको छ । चौबिसैघन्टा सेवा सुचारु रहने उक्त सेन्टरमा दैनिक आवश्यक रहने कुरासमेत नहुँदा काम गर्न  समस्या भएको कर्मचारीको भनाई छ ।

जिल्ला सदरमुकाम भैरहवाट २४ किलोमिटरमा रहेको उक्त  स्वाथ्य चौकीमा  भवन, पानी, स्टाप बस्ने क्याटर ,कर्मचारीको अभाव लगायतका समस्याले दैनिक सेवामा अप्ठेरो भइरहेको  स्वास्थ्य कार्यालयले  जनाएको छ । वोधवार स्वास्थ्यचौकीका  ईन्चार्ज राकेश कुमार देवले एउटा  कुरामात्र नभएर सबैको समस्या रहेको गुनाँसो सुनाए । 

स्वास्थ्य चौकीमै सञ्चालित बर्थिङ सेन्टरमा अहिले सम्म भवन छैन्, पानीको समस्या उस्तै रहेको छ । अझ त्यो भन्दा बढि समस्या अस्पतालमा शौचालय समेत नभएको बताए ।चौबिसैघन्टा सेवा दिनुपर्ने स्थानमा कर्मचारीको लागि बस्ने कोठा, तथा  सेन्टरलाई आवश्यक दरबन्दी समेत छैन् । बर्थिङ सेन्टरलाई चाहिने कर्मचारीको पनि कम छन् एक जना करारको अनमि  र अर्काे एकजना स्थायी  अनमि त छन् तर दरबन्दी पूरा भएपनि काजमा रहेको कारण समस्या भएको बुझिएको छ ।  त्योमात्र होईन अस्पतालमा औषधि समेत अभाव रहेको छ । 

उक्त स्वास्थ्यचौकीमा साउन देखी जेठ सम्म १ सय ३८ जनाले प्रसुती सेवा लिएका छन् । दैनिक  आपीडीमा पनि बिरामीको उपस्थित  १५ देखी २० जना सम्म रहेको बताए ।रुपन्देहीको दक्षिण क्षेत्रतर्फ रहेको अधिकाँस स्वास्थ्य क्षेत्रको अवस्था उस्तै रहेको छ ।


 

Last modified on 2018-07-09 14:30:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts