भक्तपुर क्यान्सर अस्पताललाई सक्दो सहयोग गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
काठमाडौं,१ असार । नेपाल क्यान्सर रिलिफ सोसाइटी सोसाइटीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई हिजो मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिएको छ ।
सोसाइटीका अध्यक्ष लोकेन्द्र श्रेष्ठको नेतृत्वमा गएको एक टोलीले भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाका बारेमा मन्त्रीलाई जानकारी गराउनुको साथै आगामि कार्ययोजनाका बारेमा स्पष्ट पारेको थियो ।
भविष्यमा भक्तपुर क्यान्सर अस्पताललाई आवश्यक पर्ने सहयोगका लागि स्वास्थ्य मन्त्रीलाई आग्रह गरिएको टोलीमा सहभागी सुरेश सापकोटाले जानकरी दिए । भेटपछि मन्त्री यादवले क्यान्सर अस्पताललाई आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तत्पर रहेको बताएका थिए ।
Last modified on 2018-06-15 10:23:36