स्वास्थ्यमन्त्रीलाई मधेसी स्वास्थ्यकर्मी फोरमको सम्मानः डायरीदेखि घ्यू कुमारीसम्म उपहार



Download our app to get more features


काठमाण्डौ । संघीय समाजवादी फोरमको शुभेच्छुक संगठन मधेसी स्वास्थ्यकर्मी फोरमले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई स्वागत तथा सम्मान गरेको छ । 

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवलाई सम्मान गर्न स्वास्थ्यक्षेत्रमा कार्यरत मधेसी समुदायका अधिकांश कर्मचारी, चिकित्सक तथा सरोकारवालाहरु मन्त्रायमा जम्मा भएका थिए । मन्त्री यादवको सम्मान कार्यक्रममा देशका विभिन्न स्थानबाट फोरमका सदस्य तथा पदाधिकारीहरु सहभागी थिए । 

मन्त्री यादवलाई सम्मान गर्ने र खादा ओडाउने काम झण्डै ४५ मिनेट चलेको थियो । सो अवधिमा यादवलाई दोसल्लादेखि डायरी र आयुर्वेदको जडिबुटि पनि दिइएको थियो । आयुर्वेद विभागमा कार्यरत एकजना कर्मचारीले त मन्त्री यादवलाई आयुर्वेद क्षेत्रको महत्व बुझाउन भन्दै घीउकुमारी उपहार दिए । केहीले मन्त्रीलाई पुष्पगुच्छा दिए भने केहीले स्वास्थ्यकर्मीको माग स्मरण गराउन भन्दै डायरी उपहार दिए । मन्त्री यादवकै पार्टी संघीय समाजवादी फोरमका शुभेच्छुक भनिएको संगठनको स्वागत कार्यक्रममा मन्त्री यादवसहित फोरमकै सांसद डा. सुरेन्द्र कुमार यादव लगायत व्यक्तिहरु सहभागी थिए । 

सम्मान कार्यक्रममा बोल्दै मधेसी स्वास्थ्यकर्मी संघका पदाधिकारीहरुले लामो समयदेखि स्वास्थ्य क्षेत्र क्षमतावान नेतृत्वको अभावले पछि परेको भन्दै नयाँ मन्त्री आएसँगै सुधारको अपेक्षा गरेको बताए । उनीहरुले अधिकृतभन्दा तलका स्वास्थ्यकर्मीलाई राज्यले उपेक्षा गरेको भन्दै त्यसको सम्बोधनको माग गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य क्षेत्र सुधारका लागि आफुले सबै सरोकारवाला पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए । 

मन्त्रीसँग सेल्फी लिँदै उनका शुभेच्छुक 

Last modified on 2018-06-18 07:42:14

1 Comments

  1. Upendra yadav ji lai mero prasana k sambhidhan punar lekhan bhayera sarkar maa jaanu bhayeko ho? Hoina bbane kin sambhidhan ko punar lekhan ko rataan lagaayera madheshi janta lai bhul bhulaiya maa paarana khojanu bhayeko ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts