नेपाल स्वास्थ्य उपचारको केन्द्र बन्ने प्रशस्त सम्भावना छ– डा महतो



Download our app to get more features

 

ललितपुर,४ असार । डा. उपेन्द्र महतोले नेपाललाई स्वास्थ्य उपचारको केन्द्र बनाउने प्रशस्त सम्भावना रहेको बताएका छन् । 

ललितपुर स्थित नेपाल मेडिसिटिमा नेपाल युरोलोजी विशेषज्ञ चिकित्सक संघ (एन यु ए एस)ले आयोजना गरेको प्रोष्टेट बायोप्सी विषयक एकदिने विशेष अन्तरक्रियामा बोल्दै डा. महतोले स्वास्थ्य क्षेत्रसंग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने सबैलाई एकसाथ अघि बढ्न आव्हान गरेका गरे ।  

प्रोष्टेट रोगका बिरामीहरुको पहिचान र उपचार संख्या बढ्दै गइरहेको अवस्थामा एन यु ए एसले प्रोष्टेट बायेप्सी विषयक अन्तरक्रियाको आयोजना गरेको हो । नेशनल युनिभर्षिटि अस्पताल, सिंगापुरका डा. लिंकन तान गुआन लिम मुख्य अन्तराष्ट्रिय वक्ता रहनुभएको सो कार्यक्रममा विभिन्न शिर्षकमा नेपालबाट विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो । नेपालका तर्फबाट डा. राम कुमार घिमिरे, डा. महेश बहादुर अधिकारी, डा. उमेश नेपाल, डा. ममता लाखे, डा. रबिन जोशी, र डा. मनिश प्रधान राष्ट्रिय प्रतिनििधका रुपमा रहेका थिए । 

अन्तरक्रियामा सहभागी भएका झण्डै २० अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कार्यक्रमले स्वास्थ्य क्षेत्र र प्रोष्टेट उपचारकालागि अर्थपूर्णमात्र नभइ फलदायी समेत हुने प्रतिक्रिया दिएका छन् । नेपालमै अन्तराष्ट्रिय उपचार सम्भव भएको र सो बारेमा जनचेतना अभिवृद्धि आवश्यक रहेको उनीहरुको प्रतिक्रिया छ ।  


 

Last modified on 2018-06-18 08:43:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts