कारागारका अधिकांस कैदीमा 'मानसिक' समस्या



Download our app to get more features

काठमाडौं, ४ असार । कारागारभित्र कैदीबन्दीको जीवन बिताईरहेका कैदी मानसिक रोगको जोखिममा रहेको पाइएको छ ।

जेल जीवन बिताईरहेका थुप्रै कैदीहरुमा मानसिक रोगको समस्या देखिएको छ । नेपाल हेल्थ सोसाईटीले देशभरका कारागारमा गरेको अनुसन्धानले कैदीहरुमा यस्तो समस्या देखिएको हो । ‘कारागारमा रहेका कैदी बन्दीहरु ठूलो संख्या मानसिक रोगी भएका छन् नेपाल हेल्थ सोसाईटीका कार्यकारी निर्देशक ऋषि ओझाले भने, त्यो संगै एचआईभी एड्स, हेपटाईटिस, क्षयरोग र तराईका जिल्लामा मलेरियाको जोखिम पनि छ ।’

हाल सम्म कुनै पनि कारागारमा मानसिक रोगको कार्यक्रम नभएको ओझा बताउँछन् । आगामि दिनमा यसले गम्भीर रुप लिने भन्दै ओझाले काररागारमा रहेका कैदीको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले मानसिक रोग सम्बन्धी कार्यक्रम चलाउनुपर्ने बताए । देशभर करिब १९ हजार कैदी बन्दीमध्ये १७ सय महिला कैदी रहेका छन् । कारागारमा कैदी जीवन विताईरहेका मा १८ देखि ४० वर्ष उमेर समुहको संख्या ९० प्रतिशत रहेको छ उनले भने । कैदीहरुलाई कुनै काममा नलगाउने र दिनभर खालि बस्नु पर्दा मानसिक रुपमा समस्या देखिएको ओझाले बताए । 

मानसिक रोग 
अधिकाँस कैदीहरु मानसिक रोगी भएकाले उनिहरुको उपचार गर्ने छुट्टै अस्पताल आवश्यक छ । नख्खुमा सरकारले मानसिक रोगी भएका कैदीहरुको उपचार गर्न सय वेडको अस्पताल निमार्ण गरिरहेको छ । झुम्का कारागारमा मानसिक रोगीको संख्या धेरै भएको उनले बताए । 
 

Last modified on 2018-06-18 15:32:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts