गर्मी मौसममा देखिने यी हुन् छाला सम्बन्धी समस्या 



Download our app to get more features

 

डा. सुदीप पराजुली 
टिचिङ हस्पिटल, छालारोग विशेषज्ञ


मौसम परिवर्तनसँगै छालामा विभिन्न संक्रमण देखिन सक्छन् । यसकारण हरेक व्यक्तिले समय अनुसार छालाको स्याहार सुसार गर्नुपर्छ । अन्यथा गम्भीर रोग लाग्न पनि सक्छ । गर्मी मौसममा मानिसको छाला बढी चिलाउने तथा एलर्जी हुने गर्छ । छालामा कहिलेकही लक्षणबिनै पनि समस्या देखिन सक्छ । यसप्रति सचेत हुन जरुरी छ ।
युवा र वयस्कको तुलनामा बालबालिकाको छाला बढी संवेदनशील हुन्छ । यसकारण स्वभावत उनीहरूको छालामा किटाणुले चाडो आक्रमण गर्छ । अझ गर्मीयाममा त्यस्ता किटाणु आक्रमक बन्छन् । गर्मीयाममा विशेषत बालबालिकाका छालामा ठेउला, एलर्जीको समस्या बढी हुन्छ । साथै घामले गर्दा एलर्जी, धुलो धुँवाको एलर्जी पनि हुने गर्छ । 

एलर्जी 
गर्मी बढेपछि शरीरमा रातो डाबर, बिबिरा, पानीका फोका आउने क्रम बढी हुन्छ । यसबाट बच्न धेरैबेर घाममा नबस्ने र घामबाट जोगिनुपर्छ । 

फंगल्स इन्फेक्सन
शरीरमा पसिना धेरै आएर गुम्सिदा यो समस्या देखापर्छ । फंगल्ल इन्फेक्सनका कारण चिलाउने र घाउ हुने हुन्छ ।

छाला ड्ढने 
मध्यान्नको चर्को घाममा घर बाहिर निस्कदा र घाममा काम गर्दा छाला ड्ढने समस्या हुन्छ । यस्तो भएमा छाला चिलाउने, छाला सुख्खा हुने हुन्छ । 

डन्डीफोर 
यो मौसममा डन्डीफोरले पनि सताउने गर्छ । गर्मीका कारण धेरै पसिना आउनुको साथै अनुहारमा चिल्लोपन बढी हुन्छ । अनुहारमा आएको पसिना र चिल्लोका कारण धुँलो टासिएर डन्डिफोर आउँछ । त्यसैले गर्मीयाममा पटकपटक अनुहार धोइरहनु पर्छ ।

छालालाई जोगाउने उपाए 

यस्ता समस्याबाट जोगिन सरसफाइमा विशेष ध्यान दिनुपर्छ । गर्मीमा पसिना धेरै बग्ने र वायुमण्डलमा धुँवा धुलो फैलने भएकाले सकेसम्म दिनदिनै नुहाउनुपर्छ । नुहाउँदा पनि सफा पानीको प्रयोग गर्नुपर्छ । पसिना सुकेर रहिरह्यो भने त्यसले छालामा विभिन्न किसिमका रोग लाग्न सक्छ । घाम लागेको समयमा घर बाहिर निस्कदा छाताको प्रयोग गर्नुपर्छ । धुलो धुँवाबाट बच्न माक्सको प्रयोग गर्नुपर्छ । साथै शरीर ढाक्नेगरी लुगा लगाए पनि धेरै हदसम्म सुरक्षित भयइन्छ । 

छालाको सुरक्षाकोलागि खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । मौसम अनुसारका खाना खाने एन्टी अक्सिडेन्टयुतm खानेकुराहरू सुन्तला, खरबुजा, सलाद एवं हरियो सागपात प्रशस्त सेवन गर्ने । 

प्रस्तुति : ज्ञानु दुलाल

(हाम्रो डक्टर म्यागजिनबाट)
 

Last modified on 2018-06-19 07:27:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts