समयमै पहिचान हुनसके निको हुन्छ क्यान्सर (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, १० जेठ । नसर्ने रोग अन्तर्गत  पर्ने एक रोग हो क्यान्सर । क्यान्सर रोग शरीरका कोषिकाहरुबाट सुरु हुन्छ । क्यान्सर धेरै प्रकारका हुन्छन् । क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठका अनुसार सुर्ती जन्य पदार्थहरुको प्रयोग, अस्वस्थ्यकर खानपीन, जीवनशैली परिवर्तन, रहनसहन, संक्रमण र वातावरणीय प्रदुषणले शरीरका कोष कोषिकाहरुको वृद्धि अनियन्त्रित रुपमा भई बिस्तारै गिर्खामा परिणत हुँदा क्यान्सरको लक्षण देखापर्ने डा. श्रेष्ठको भनाई छ । क्यान्सर हुने सबैमा एउटै कारण नहुने उनी बताउँछन् । 

क्यान्सर रोग बच्चादेखि वृद्धसम्मलाई लाग्न सक्छ । त्यस्तै करिव सतप्रतिशत क्यान्सर वंशाणुगत र उमेर जस्ता आन्तरिक कारणबाट हुने विज्ञहरु बताउँछन् । मुख्यतया क्यान्सरबाट बच्नको लागि धुम्रपान, मद्यपान नगर्ने, हरेक वर्ष एक पटक स्वास्थ्य जाँच गराउने, सन्तुलित भोजन गर्ने जस्ता व्यवहार अपनाउन सकिन्छ । त्यस्तै क्यान्सर रोग लागिसकेका बिरामीहरुमा उपचारका साथै समारात्मक सोच, पारिवारीक साथ, सहयोग र उचित परामर्श पाए चाँडै निको हुनसक्ने चिकित्सकहरुको दावी छ । 

बिरामीले क्यान्सर लागेको थाहा पाएर सुरुकै अवस्थामा उपचारका लागि अस्पताल आए सहजै उपचार गर्न सकिने डा. श्रेष्ठ बताउँछन् । तर, क्यान्सर भयानक रोग भएकाले उपचार गर्दा निको हुँदैन भन्ने भ्रम र सामाजिक मनोवृत्तिका कारण समयमै बिरामीले उपचारमा चासो नदेखाउँदा क्यान्सरका रोगीहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।  

 

Last modified on 2016-05-24 11:52:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts