साउनदेखि थप ३७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम



Download our app to get more features

काठमाडौं, ५ असार । सरकारले नयाँ आर्थिक वर्षदेखि थप ३७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ ।

कार्यक्रम सुरु गर्नका लागि राष्ट्रिय बीमा बोर्डले बाँकी जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा तयारी थालेको छ । बोर्डले बीमा कार्यक्रमलाई सुरु गर्न र प्रभावकारी बनाउन वडा स्तरबाट नै सबैलाई बीमा के हो भनेर बुझाउने र जनचेतना जगाउन थालेको छ ।

बोर्डका कार्यकारी निर्देशक मदन उपाध्यायले एकै मितिमा ३७ जिल्लामा बीमा कार्यक्रम सुरु गर्न सम्भव नभएको भन्दै छुट्टा छुट्टै मितिमा सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताए ।

हाम्रो डक्टरसँगको कुराकानीमा उनले बीमालाई सुचारु मात्रै गरेर नहुने त्यसका लागि बीमा के हो र यसको फाइदाबारे विशेषगरी विपन्न र गरिब जनतालाई बुझाउनु पर्ने बताए ।

उनले भने, ‘४० जिल्लामा जारी स्वास्थ्य बीमा कार्यक्रमबाट हामीले धेरै कुरा बुझ्ने र सिक्ने मौका पायौंं, त्यसैले आगामी दिनमा यस कार्यक्रमलाई प्रभावकारी बनाउन बीमा के हो भन्ने बारे जनतालाई बुझाउने काम गर्दैछौं ।’ उनले सेवा प्रदायक संस्थाले यो अभ्यास गरिनसकेका कारण थोरै असहज भएको बताए । तर, बाटो बनेपछि विस्तारै त्यसलाई राम्रो बनाउने काम गरिरहेको उनको भनाइ छ । उनले भने ‘चाँडै यो बाटोमा तिव्र गतिमा काम अघि बढ्छ ।’ 

कार्यकारी निर्देशक उपाध्यायले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सरकारले नयाँ विधेयकमा बीमितको उपचारका लागि एक लाख रकम बढाउने तयारी गरेको पनि जनाए । उनले नियमावली आइसकेपछि त्यसको कार्यान्वयनमा जाने जनाए । 


 

Last modified on 2018-06-21 14:30:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts