नारायणी अञ्चल अस्पताललाई स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री यादवको प्रतिवद्धता



Download our app to get more features

वीरगञ्ज । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन् ।

निरीक्षणपछि मन्तब्य राख्दै मन्त्री यादवले देशकै पुरानो अञ्चल अस्पताल भएपनि समयानुसार आवश्यक भौतिक संरचना र उपकरणहरुको व्यवस्था नहँुदा सेवाप्रवाह प्रभावकारी हुन नसकेकोमा बताए । 
विरामीको बढ्दो चाप, अपर्याप्त जनशक्ति र भौतिक संरचना चुस्तदुरुस्त नहुँदा नारायणी अञ्चल अस्पतालले ब्यहोर्दै आएको समस्याप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री यादवले चाँडै नै नारायणी अञ्चल अस्पतालको स्तरोन्नति गरिने आश्वासन दिए । 

स्वास्थ्य क्षेत्रमा नयाँ स्वास्थ्य नीति र नयाँ स्वास्थ्य कार्यक्रम तर्जुमा गर्ने तयारी भईरहेको भन्दै मन्त्री यादवले नारायणी अञ्चल अस्पतालबाट थप सेवा सुविधा उपलब्ध गराउन भएकै संरचनालाई व्यवस्थित गर्ने र नयाँ संरचनाहरु पनि खडा गर्नु अपरिहार्य भईसकेको टिप्पणी गरे । उनले नारायणी अञ्चल अस्पताल जनसंख्याको चाप अनुसार साँघुरो भईसकेको भन्दै अस्पतालको विकासका लागि वैकल्पिक ठाउँको आवश्यकता पनि औंल्याए । 
स्वास्थ्यमन्त्री यादवले अस्पतालमा भएका सीमित उपकरणहरु र ल्याबका बाबजुद पनि स्वास्थ्यकर्मीहरुले उच्चतम सेवा पु¥याईरहेको भन्दै कर्मचारी एवं स्वास्थ्यकर्मीको प्रशंसा गरे । 
 

Last modified on 2018-06-21 14:28:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts