योग तथा स्वस्थ जीवन कार्यक्रम सम्पन्न 



Download our app to get more features

बुटवल, ६ असार । रुपन्देहीको ग्रामीण क्षेत्र मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम सम्पन्न गरिएको छ । 

कोटहीमाई गाउँपालिका–५ मर्चवारमा गरिएको कार्यक्रममा स्वस्थ जीवनका लागि योग तथा आयुर्वेदको महत्वको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका शिक्षक विद्यार्थी गरी ३०० जनालाई योग र स्वस्थ जीवन र नसर्ने रोगबाट बच्ने उपायका बारेमा तीन दिनसम्म प्रशिक्षण

लुम्बिनी अञ्चल आयुर्वेद योग शाखा संयोजक तथा पतञ्जली योग समिति, लुम्बिनीका वरिष्ठ योग प्रशिक्षक विष्णुहरि आचार्यले बढ्दो शहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरजस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा कार्यक्रममा जानकारी दिनुभएका थिए ।  रासस

Last modified on 2018-06-21 14:29:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts