भवनको  अभावमा  १ बर्षदेखीे एक्सरे मेसीन अलपत्र 



Download our app to get more features

रुपन्देही, ६ असार । सुगम जिल्लाको पगरि वोकेको रुपन्देही जिल्लाको धकधई प्राथामिक स्वास्थ्यकेन्द्रमा भवनको अभावमा १ वर्षदेखी स्वास्थ्य विभागबाट ल्याएको एक्सरे मेसीन प्रयोग हुन सकेको

हेल्थपोष्टलाई स्तरवृद्धि गरि प्राथामिक स्वास्थ्यकेन्द्र बनाईएपनि अहिलेसम्म नयाँ भवन नबनाईको कारण समस्या भएको हो । 

भवनको अभावमा एक्सरेमात्र होईन औषधि भण्डारण कक्ष, कर्मचारी बस्ने क्वाटर, बिरामी जाँच गर्ने कक्ष (ल्याब)को लागी पर्याप्त कोठाको कमि भएको धकधई प्राथामिक स्वास्थ्यकेन्द्रका प्रमुख डा. रितेश बरनवालले बताए ।उनका  अनुसार हेल्थपोष्टको संरचनालाई लाई स्तरवृद्धि गरि प्राथामिक स्वास्थ्यकेन्द्र बनाएपछि कुनै भवन बनेको छैन् । डा. बरनवालका अनुसार भएको भवनपनि जिर्णअवस्थामा रहेको छ  । 

तर बर्थिङसेन्टरको लागि भने नयाँ भवन बनेको छ । अरुको लागी अहिले सम्म केहि नभएको बताउँदै उनले भने–समस्या छ हामीले पटक पटक माग गरेका छौ कतैबाट सुनुवाई भएको छैन ।  दैनिक ५० जना भन्दा धेरै बिरामी आउने धकधई प्राथामिक स्वास्थ्यकेन्द्र  वार्षिक १३ हजार भन्दा बढिले  स्वास्थ्यसेवा लिएका छन ।  उक्त केन्द्रमा ल्याव सेवा समेत उपलब्ध रहेको छ । भवन भए अस्पतालमै एक्सरे मेसीन र ईको राख्ने डा. बरनवाले बताए । केन्द्रमा मानसिक स्वास्थ्यसेवा समेत उपलब्ध रहेको छ ।

दैनिक २ देखिमाथि मानसिक स्वास्थ्यका बिरामी आउने गरेको बताईएको छ । युनाईटेट मिशन टु नेपाल र सुनगाभा समाुदायी केन्द्रको सहयोगमा मानसिक स्वास्थ्यकेन्द्र संञ्चालनमा ल्याईएको छ । त्यस केन्द्रबाट मासिक ८० जनाले औषधि खानेगरेको बताईएको छ । अस्पतालमा दरबन्दी पूरा भएको  भएपनि भवनको कारण धेरै समस्या भएको केन्द्रले जनाएको छ  ।
 

Last modified on 2018-06-21 14:29:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts