योग र आयुर्वेद सम्बन्धी कार्यक्रम गरी योग दिवस मनाइने 



Download our app to get more features

काठमाडौं,असार ६ । यही असार ७ गते चौंथो अन्तराष्ट्रिय योग दिवस २०१८ मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमका गरी मनाइने भएको छ । 

पतंजलि योगपीठ नेपालको आयोजनामा भोली बिहान  ६ बजेदेखि ८ बजेसम्म काठमाडौं सहित सबै जिल्लाहरूमा एकसाथ योग शिविर सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत योगपीठका ट्रष्टी शालीग्राम सिंहले जानकारी दिएका छन् । 

नेपालका लागि भारतका राजदुत मञ्जिभ सिंह पुरीले नेपालमा चौंथो अन्तराष्ट्रिय योग दिवसको शुभारम्भ समुद्र सतहदेखि १२ हजार ५ सय फिटको उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथ मन्दिरको प्राङ्गणबाट गरिएको र यसले सम्पूर्ण मानवजातिलाई मुक्तिको मार्गमा जान प्रेरित गर्ने बताए । कार्यक्रमा पतंजलि योग समिति नेपालका प्रमुख लवदेव मिश्र र योगदिवस आयोजक समितिका संयोजक ज्ञानेन्द्र विक्रम महतले पूर्वीय दर्शनको एउटा महत्वपूर्ण उपहारका रूपमा योगलाई विश्व सामु परिचित गराउनु आवश्यक रहेको धारणा राखे । 

अन्तराष्ट्रिय योग दिवसका अवसरमा सबै जिल्लाहरूमा पतंजलि योग समिति नेपालका जिल्लास्तरीय समितिहरू मार्फत विद्यालय र समुदायलाई लक्षित गरी असार १ गतेदेखि साताव्यापिरूपमा योग र प्राणायामका चेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको योगपीठले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले सन २०१५ देखि जनु २१ लाई अन्तराष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts