चौंथो अन्तराष्ट्रिय योग दिवस

यस्ता छन् नियमित योगका फाइदा



Download our app to get more features

कठमाडौं,७ असार । आज चौंथो अन्तराष्ट्रिय योग दिवस २०१८ मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमका गरी मनाइदै छ ।  
पतंजलि योगपीठ नेपालको आयोजनामा आज काठमाडौं सहित सबै जिल्लाहरूमा एकसाथ योग शिविर सञ्चालन भइरहेको योगपीठका ट्रष्टी शालीग्राम सिंहले जानकारी दिए ।  योग शब्द संस्कृत भाषाको युज धातुबाट बनेको हो । यसको अर्थ जोड्नु हो ।

शरीर मन र आत्मालाई एक सुत्रमा जोड्नु नै योग हो । योगको महान ग्रन्थका रुपमा लिइने पतंजली योग दर्शनमा योगका बारेमा भनिएको छ ।‘योगश्चचित्तवृत्तिनिरोध’ अर्थात मनको वृत्तिलाई नियन्त्रण गर्नु नै योग हो ।  गीतामा भनिएको छ, ‘योगःकर्मसु कौशलम’ अर्थात काममा कुशल र दक्ष हुनु नै योग हो । 

नियमित योगका फाइदा

१. योग शारीरिक, मानसिक र आध्यात्मिक रुपमा लाभ लिनका अपनाइन्छ । वर्तमान चिकित्सा शास्त्रले पनि योग शारीरिक र मानिसिक रुपमा मानव जातीका लागि बरदान भएको स्विकार गरिसकेको छ । 

२. जिमलगायत अन्य व्यायामले शरीरको कुनै खास अंगलाई स्वस्थ राख्छ तर, योगले सबै अंग, प्रत्यङ्ग र ग्रन्थीहरुको व्यायाम हुन्छ र सबै अंगलाई सुचारु गराइदिन्छ । 

३. योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमतालाई बढाइदिन्छ । बुढेसकालमा पनि जवान झै स्वस्थ, स्फूर्त र बलवान बनाउँछ । 

४. एकातिर योगका आसनहरुले मांशपेशीलाई बलियो बनाउँछ भने अर्कोतिर शरीरमा फ्याटको मात्रालाई कम गराइदिन्छ । 

५. योगले तनावलाई भगाइदिन्छ, मीठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचन प्रकृयालाई सहि ढंगबाट सुचारु राख्छ ।

६. प्राणायामको फाइदा: प्राणायम पनि योगासन झैं शरीरका लागि फाइदाजनक मानिन्छ । प्राणायमले स्वासप्रश्वासको गतिमा नियन्त्रण गर्छ । श्वासप्रश्वास प्रकृयालाई शक्तिशाली बनाउँछ । फोक्सोले अक्सिजन ग्रहण गर्ने क्षमतामा वृद्धि हुन्छ । जसले स्वासप्रश्वास सम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।  

७ ध्यानपनि योगको महत्वपूर्ण अंग हो । ध्यानलाई पछिल्लो समय मेडिटेशनका नाममा धेरै मानिसले अभ्यास गरीरहेका पनि छन् । ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ, आत्मिक शान्ति महशुस हुन्छ, निद्रालाई गहिरो बनाउँछ । 

८ः योगले सुगरको र कोलस्ट्रोलको मात्रालाई घटाउँछ । मधुमेहका रोगीका लागी योग अति फाइदाजनक छ ।

९. नियमित गर्न सकेमा योगका आसन तथा ध्यानले वाथरोग, ब्याकपेन, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या निर्मुल नै गर्छ ।

(एजेन्सीको सहयोगमा)
 


 

Last modified on 2018-07-09 13:59:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts