किशोरीलाई प्रत्येक हप्तामा तीन चक्की आइरन खुवाईने



Download our app to get more features

कालीकोट, असार ७ ।  जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । 

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन नगरपालिका र छवटा गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने भएको हो । खाँडाचक्र नगरपालिकाका प्रत्येक स्वास्थ्य चौकीअन्तर्गतका किशोरीलाई अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ । 

खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र सेजुवालका अनुसार नगरपालिकाका सबै विद्यालयका शिक्षक तथा छात्राछात्रालाई अभिमुखीकरण गरेर आउने १० गतेदेखि किशोरीलाई प्रत्येक हप्तामा तीन चक्कीका दरले आइरन चक्की खुवाउन शुरु गरिएको बताए ।  
कालीकोट जिल्लाका ग्रामीण क्षेत्रमा आइरन चक्की सुत्केरी अवस्थामा मात्र खुवाउन थालेपछि अधिकांश सुत्केरीले प्रयोगमा नल्याउने परम्परा बसेका कारण किशोरीबाट नै शुरुवात गर्दा प्रयोग हुनुका साथै जनचेतनाका क्षेत्रमा समेत सहजता हुने विश्वास लिइएको छ । 

आइरन चक्कीले महिलाको स्वास्थ्यमा सुधार गर्ने भएकाले नगरपालिकाका सबै वडामा यस अभियानको थालनी गर्नुपर्ने खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले बताए । उनले महिलाका जीवनमा आइपर्ने समस्या हल गर्न स्वास्थ्य क्षेत्रमा पहिलो ध्यान जानुपर्ने बताए । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts