गर्भावास्थामा योग गर्दा फाइदै फाइदा



Download our app to get more features

काठमाडौं,७ असार । गर्भावस्था कुनै पनि महिलाको लागि खास अवस्था हो ।

जुन अवस्थामा खुशी,आशा तथा उत्सुकताको महसुस धेरै नै हुने गर्छ । गर्भवती शारीरिक रुपबाट बलियो, भावनात्मक रुपले मजबुत भएमा  त्यसको प्रत्यक्ष असर हुनेवाला बच्चाको शारीरिक, मानसिक, मनोवैज्ञानिक विकासमा पनि पर्ने गर्छ । गर्भावस्थामा महिलाको मनस्थिती,उतार चढाव, थकान,  खुट्टाको दुखाई तथा श्वासप्रश्वास सम्बन्धी समस्या लगायतका समस्याहरु आउने गर्छन् । यति हुँदा हुँदै पनि यी समस्याको गर्भवतीले सजिलो गरी समाधान गर्न सक्छिन् । 

गर्भावस्थाको योग जसलाई प्रसव पूर्व योग पनि भन्ने गरिन्छ, यो योग गर्नाले गर्भवतीको मन शान्त बनाउन मद्दत गर्छ । यससम्बन्धी विशेषज्ञहरुले गर्भावस्थामा योग गर्न र समय मिलाएर पैदन हिड्न जोड दिने गर्छन् । जसले गर्भावस्थामा आउने धेरै समस्याबाट छुट्कारा दिलाउन सक्छ ।

गर्भावस्थाका समस्याबाट छुट्कारा दिलाउँछ योगले
गर्भवती महिलाहरुको गर्भावस्थाको नवौ महिनामा अनिद्रा, हर्मोन प्रवाहमा गडबढ ,मनस्थितीमा उतार चढाव, तथा अनावश्यक शंका मनमा उत्पन्न हुने जस्ता समस्याहरु देखा पर्छन् । गर्भावास्थाका क्रममा देखिने समस्या कम गर्नको लागि दुई तरिकाका योग उपयोगी मानिन्छन् । 

यसमध्ये पहिलो हो – लामो  र गहिरो श्वास लिंदै छोड्दै गर्ने योग । यसले महिलाको आफ्नो वर्तमान अवस्थाप्रति ध्यान बढि केन्द्रित गर्न तथा मन शान्त पार्न मद्दत पुग्दछ । यसैगरी दोस्रो योग–नाडी शोधन अर्थात पालैपालो नाकको एउटा एउटा प्वालबाट श्वास लिदै छाड्दै गर्ने प्रक्रिया । यसले गर्भवतीमा शारीरिक ऊर्जा थप्नुका साथै शरीरको ऊर्जाको प्रवाहलाई सन्तुलनमा राख्न पनि मद्दत गर्छ । यो योगमा कुनै पनि श्वासको क्रियालाई रोकेर राख्नु हुदैन र छिटो छिटो श्वासको गतिलाई पनि तिव्र पार्नुहुदैन् ।  

श्वास रोक्ने वा छिटो छिटो फेर्ने गरेमा पेटमा रहेको बच्चालाई अक्सिजन सहि मात्रामा नपुग्ने भएकोले  यसलाई आरामले नाकको एक प्वालबाट श्वास लिदैं अर्को प्वालबाट छोड्दै गर्नुपर्छ । यो प्राणायामलाई नियमित गरेमा मनोविकारबाट छुट्कारा पाउन सकिन्छ । गर्भावस्थाको तीन हप्तादेखि नै योग गर्दा गरिने शारीरिक मुद्रा तथा व्यायाम फरक–फरक चरणमा फरक–फरक नै हुने गर्छ ।

शुरुका तीन महिना–गर्भावस्थाको तीन महिनामा खुशीका साथ–साथ दिक्दारी पनि हुने गर्छ । जिउ भारी हुने तथा थकाईको महसुस हुनु आम लक्षण हो । योगका विशेषज्ञहरुले गर्भावस्थाका शुरुवाती चरणमा योग गर्दा निकै ध्यान दिनुपर्ने हुन्छ । यो अवस्थामा गलत मुद्रा गर्दा मात्रै पनि पेटमा रहेको भू्रणको विकासमा असर गर्न सक्छ । 
 

Last modified on 2018-06-22 14:33:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts