निःसन्तान मध्ये ८५ प्रतिशतले सामान्य उपचारमै सन्तान पाउँछन् 

(भिडियोसहित)



Download our app to get more features

कुनै पनि परिवार नियोजनका साधन प्रयोग नगरि नियमित सहवास गरेको एक वर्षसम्म पनि बच्चा भएन भने त्यस्तो अवस्थालाई निःसन्तान भनिन्छ । निःसन्तान हुनुमा महिला र पुरुष दुबैको उत्तिकै भुमिका रहन्छ । कन्सल्टेन्ड गाइनोकोलोजिष्ट सविना श्रेष्ठको भनाइ यस्तो छ । 
 

पुरुषका कमजोरी 

  • विर्यमा शुक्राणु नबने ।
  • विर्यमा संक्रमण हुने ।
  • शुक्राणुको बनावटमा खराबी ।
  • हार्मोनमा गडबढी ।
  • पुरुषको कुनै कारणबस सहवास प्रक्रियामा असमर्थता ।

महिलाको कमजोरी

  • श्रीमतीको नली बन्द हुनु ।
  • नलीमा पिप वा पानी जम्ने ।
  • अण्डा उत्पादन हुन नसक्ने ।
  • हर्मोनको गडबढी हुनु ।
  • पाठेघरको झिल्ली पातलो हुनु ।
  • पाठेघरको झिल्लीमा मासु बढ्नु ।

के के को जाँच गर्ने 

  • पाठेघरको झिल्लीमाटीबिको जाँच ।
  • महिनावारी भएको तेस्रो दिनमा हर्मोनको जाँच ।
  • रगतको सामान्य जाँच ।
  • भित्री अल्ट्र«ासाउण्डद्वारा अण्डाको जाँच ।
  • दुरबीन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच ।
  • नियमित सहवास भएको एक वर्षसम्म पनि सन्तान भएन भने महिला पुरुष दुवैले जाँच गर्नुपर्छ । श्रीमानको शुक्रकिट र सामान्य रगतको जाँच गर्ने ।
  • श्रीमतीको भिडियो एक्स रेबाट पाठेघर र अण्डाकोष हेर्न सकिन्छ ।
  • नलीको जाँच गर्न सकिन्छ ।
  • हर्मोनको जाच गर्नु पर्ने हुन्छ ।

उपचार 

  • सामान्यतया ८५ प्रतिशत निःसन्तान दम्पतीलाई सामान्य उपचारले नै सन्तान प्राप्त हुन सक्छ ।
  • १० देखि १५ प्रतिशत निःसन्तान दम्पतीलाई मात्र एड्भान्स ट्रिटमेन्टको जस्तै टेस्ट ट्युब बेबीको आवश्यक पर्छ ।
  • सामान्य परार्मशबाट उपचारमा सहयोग हुनसक्छ ।
  • केहीँ व्यक्तिलाई कृत्रिम गर्भाधान गर्नु पर्ने पनि हुन्छ । 
  • श्रीमानको शुक्रकिट औषधिमा राखेर एक्टिभ शुक्रकिट छानेर श्रीमतीको पाठेघरमा राख्ने ।
  • कसै कसैको शुक्रकिट उत्पादन नै हँुदैन भने डोनरको शुक्रकिट राख्ने र सहमतिमा सन्तान जन्माउने गरिन्छ  ।

उपचार विधि 

  • सबै जाँच पश्चात श्रीमानश्रीमती सामान्य उपचार गर्ने आर्टिफिसिल इन्सेनेसन विद पार्टनर्स स्पर्म ।
  • एगडोनर ।
  • सिमेन एण्डएम्ब्रियो ।
  • इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन ।

 

भिडियो हेर्नुहोस्:


Last modified on 2018-06-22 14:33:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts