लामो समय औषधि सेवन गर्नेहरुमा डिप्रेसनको जोखिम उच्च



Download our app to get more features


बीबीसी,८ असार । कुनै पनि औषधिको साइड इफेक्ट कति खतरनाक हुन्छ ?

तपाईलाई पनि कहिलेकाही टाउको दुख्ने, वान्ता हुने, छाला रातो हुने जस्ता समस्या पक्कै आउँछन् होला ।  तर अमेरीकामा हालै गरिएको एक अध्ययनले मानिसको जीवनमा सबैभन्दा बढि प्रयोग गरिने औषधिले डिप्रेसनमा लैजाने सम्भावना उच्च रहेको दाबी गरेको छ ।

अध्ययनका अनुसार मुटु रोगीका लागि दिइने औषधि, गर्भनिरोधक औषधि, तथा दुखाई कम गर्ने औषधिको नियमित सेवनकर्ताहरुमा डिप्रेसनको खतरा सामान्य मानिसको तुलनामा धेरै हुने गर्छ । अध्ययनमा भाग लिएका २६ हजार मानिस मध्ये एक तिहाईमा डिप्रेसनको लक्षण भेटिएका थिए ।

अध्ययनमा अरु के के पत्ता लाग्यो ?
अमेरिकन मेडिकल एशोसियशनको अध्ययनमा अमेरीकाका १८ वा त्यो भन्दा बढि उमेरका मानिसहरुसँग कुराकानी गरिएको थियो । यी मानिसहरुले २००५ देखि २०१४ को बीचमा चिकित्सकहरुद्वारा पूर्जिमा दिइएका विशेषगरी एकै प्रकारका औषधि सेवन गरेका थिए । चिकित्सकहरुले लेखिदिएका ति औषधि मध्ये ३७ प्रतिशत औषधि डिप्रेसन बनाउन भूमिका खेल्ने खालका भएको अध्ययनको रिपोर्टमा जनाइएको छ ।

यी मानिसमा डिप्रेसनको दर धेरै पाइयो

  • एकै प्रकारको औषधि सेवन गरिरहेका ७ प्रतिशत मानिस
  • दुई प्रकारका औषधि सेवन गरिरहेका ९ प्रतिशत मानिस
  • तीन वा यो भन्दा धेरै प्रकारका औषधि सेवन गरिरहेका १५ प्रतिशत मानिस ।

अमेरीकामा ५ प्रतिशत मानिस डिप्रेसनबाट पीडित रहेका छन् । यो अध्ययनकी मुख्य लेखिका डीमा काटोले भनेकी छिन्–कसैलाई आफुले सेवन गरिरहेको औषधिको प्रभावले हड्बडाहट वा डिप्रेसन हुँदा कुनै प्रवाह नहोला तर विस्तारै यी लक्षणले गहिरो मानसिक समस्या ल्याइदिन सक्छ । 

विशेषज्ञ यसो भन्छन्
विशेषज्ञहरुले आग्रह गरेका छन् की अध्ययनमा औषधि तथा डिप्रेसनको सम्बन्ध र खतराका बारेमा कुरा भइरहेको छ तर यसका कारण अन्य असर तथा खतराका बारेमा भने अध्ययन भएको छैन् र केही बोलिएको पनि छैन् । रोयल कलेज अफ साइक्याट्रिस्ट का प्रोफेरसर डेविड बाल्डविन भन्छन्– जब कसैमा  शारीरिक रोग हुन्त तब त्यसको असर मस्तिष्कमा पनि पर्न जान्छ यो सामान्य विषय हो ।

यस्तो अवस्थामा आत्तिहाल्नुपर्ने केही कारण छैन् । तर मुटु तथा मिर्गौला रोगीले सेवन गर्ने औषधिले भने डिप्रेसनको समस्या ल्याइदिन सक्छ यसतर्फ सचेत हुनैपर्छ ।

यो अध्ययन अमेरीकीहरुमा गरिएको भएका कारण यस अध्ययन विश्वका सबै देशमा लागू हुन्छ नै भन्ने नभएको अध्ययनकर्ताकै दाबी छ ।
 

Last modified on 2018-07-13 12:55:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts