विनियोजन विधेयकः गगन थापाले राखे स्वास्थ्य मन्त्रालयको खर्च कटौतिको प्रस्ताव 



Download our app to get more features

काठमाडौँ, ८ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठककमा पूर्व स्वास्थ्यमन्त्री एवं सांसद गगन थापाले विनियोजन विधेयक, २०७५ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा  १०० घटाउने प्रस्ताव राखेका छन् ।

संसदमा सुरु भएका विनियोजन विधेयक २०७५ माथिको छलफलमा थापाले यस्तो प्रस्ताव राखेका हुन् । त्यस्तै, सांसद मिनाक्षी झाका तर्फबाट सांसद लक्ष्मी परियारले पनि विनियोजन विधेयक, २०७५ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा  १०० रुपैयाँ घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव सदनसमक्ष प्रस्तुत गरिन् । त्यस्तै सांसद दुर्गा पौडेलले विनियोजन, २०७५ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा रु १०० घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव संसद्समक्ष पेश गरिन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अलावा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रक्षा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव संसद्समक्ष प्रस्तुत गरिएको हो । 

विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव सदनसमक्ष प्रस्तुत भएपछि अहिले प्रस्तावित विनियोजन विधेयकमाथि छलफल शुरु भएको छ । 

Last modified on 2018-06-24 09:01:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts