सिंहदरबार भित्रको भवन खोज्दै स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाडौं, ११ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार भित्र सर्ने तयारीमा जुटेको छ ।

एक आपसमा मन्त्रालय गाभिएपछि खालि हुने भवनमा जाने तयारीमा स्वास्थ्य मन्त्रालय देखिएको हो । हाल रामशाहपथमा रहेको मन्त्रालय अव्यवस्थित भएपछि अधिकारिहरु सिंहदरबार भित्र जाने तयारिमा देखिएका हुन् । 

मानिसको अनावश्यक आवतजावतले गर्दा स्वास्थ मन्त्रालयमा काम काज गर्न असहज भएको मन्त्रालयका अधिकारिहरु बताउछन् । ‘हाल दैनिक ६ सय जनाको संख्यामा मन्त्रालयमा आवतजावत हुने गरेको छ । जसका कारण पार्किङको चरम समस्या छ’ चिकित्सा महाशाखा प्रमुख दिपेन्द्ररमण सिंहले भने । 

सामान्यतया दैनिक ४० गाडि मन्त्रालयमा रहन्छ भने, मिटिङ भएको समयमा गाडि राख्ने ठाउँ नै हुदैन ।
 

Last modified on 2018-06-25 17:27:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts