स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा डा. कर्ण 



Download our app to get more features

काठमाडौं, ११ असार । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा डा. विवेकलाल कर्णलाई नियुक्त गरेको छ । स्वास्थ्यमन्त्री स्तरीय निर्णयबाट उनी उपमहानिर्देशकमा नियुक्त भएका हुन् । उनी ११ तहका कर्मचारी हुन् ।

यसअघि विभागको उपमहानिर्देशकमा  चुणामणि भण्डारी थिए भने डा. कर्ण इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महासाखामा कार्यरत थिए । पूर्व उपमहानिर्देशक भण्डारीलाई भने मन्त्रालयमा तानिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts