जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या



Download our app to get more features

 

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पार्ने गर्छ । 

जलवायु परिवर्तन भनेको अत्यधिक तापक्रम हुुनु, बाढि आउनु, शितलहर जस्ता प्राकृतिक परिवर्तन हुनु हो । यसलाई प्रत्यक्ष जलवायु परिवर्तन भनिन्छ । प्रत्यक्ष असरका कारण शारीरिक समस्या हुने गर्छ । त्यसैगरी पारिस्थिक प्रणाली (इको सिस्टम) मा परिवर्तन हुनुलाई अप्रत्यक्ष परिवर्तन वा अप्रत्यक्ष प्रभाव भनिन्छ । जस्तै पानीमा असर अर्थात पानीको गुणस्तर र मात्रामा कमि आउनु हो । जसले गर्दा पानी जन्य रोगहरु लाग्न सक्छ । त्यसैगरी कृषिमा प्रभाव पर्नु अर्थात् खाद्य सुरक्षामा असर पर्छ जसले गर्दा कुपोषण हुने र अन्य रोगहरु लाग्न सक्ने सम्भावना बढेर जान्छ ।

डिजिज भेक्टरमा परिवर्तन हुनु । अर्थात् ब्लड सकिगं अर्थात् स्त्री लामखुट्टेले टोक्ने गर्छ । जतिधेरै रगत चुस्ने काम लामखुट्टेले गर्छन् त्यति नै धेरै लामखुट्टेले फूल पार्छ । लामखुट्टेको जनसंख्या बढ्दै जाँदा रोग सर्ने दर बढ्दै जान्छ । गर्मीयाममा विशेषगरी तराई क्षेत्रमा उच्च तापक्रमका कारण लामखुट्टेहरु मर्न थाल्छ र रोगमा कमि आउछ । तर, विस्तारै तापक्रम उच्च हिमाली पहाडी क्षेत्रमा बढ्दै जान्छ र रोगको सम्भावना बढ्दै जान्छ । 

सन् २००६ मा नेपालको ५ वटा जिल्लामा पहिलो पटक डेगुं देखिएको थियो । जुन छिमेकी मुलुक भारतसँग जोडिएका जिल्लाहरु थिए । तर अहिले नेपालका ५० वटा जिल्लामा त्यो रोग देखिएको छ । 

नेपालमा नभएको रोग देखिनुको प्रमुख कारण भनेको मानिसको चालले प्रभाव पार्छ । किनकी एक देशबाट अर्को देशमा आवत जावत गर्ने, एक जिल्लाबाट अर्को जिल्लामा जाने जस्ता मानव चालका कारण रोगहरु विस्तारै नेपालमा बढ्न थालेको छ । डेंगु सर्नु र देखिनुको कारण हो भारतसँगको सम्पर्क ।

भारतको कतिपय स्थानमा नेपालका नागरिक जाँदा डेंगुबाट संक्रमित भएर आउने हुँदा डेगुं सर्ने सम्भावना बढेको हो । यति हुँदा पनि उपचार प्रविधि र औषधि, भ्याक्सिन नहुँदा उपचारमा समस्या छ । लामखुट्टे जन्य रोग बढ्नुको अर्को प्रमुख कारणमा कुलरको पानी, गमला, एसी जस्ता स्थानमा पानी जम्मा हुनु हो । यसलाई रोक्नका लागि कुनै ठोस उपाय छैन । किनकी लामखुट्टेले दिउँसै पनि टोक्ने हुन्छ । त्यस कारण सकेसम्म यस्ता ठाउँलाई सफा गरिराख्नु पर्छ । 

लामखुट्टे जन्य रोगहरु डेगुं, चिकनगुनिया र जिका जस्ता रोगको संक्रमण बढ्ने जोखिम उच्च भएको छ । नेपालमै भएको अध्ययनको आधारमा अमेरिकाको सिडीसीका अनुसार २००० मिटर सम्म जहाँ जिका देखिएको छ त्यस क्षेत्रमा गर्भवति महिलालाई यात्रा गर्न रोक लगाएको । किनकी एसिया क्षेत्रमा मलेसियामा जिका देखि सकिएको र नेपालीहरु त्यस क्षेत्रमा यात्रा गरिरहने हुँदा जिकाको जोखिम उच्च भएकाले सावधानी अपनाउनु पर्छ । किनकी यो सव जलवायु परिवर्तनले नै नयाँ नयाँ ठाउँमा नयाँ नयाँ रोगहरुको प्रकोप बढाउने गर्छ । साथै जलवायु परिवर्तनले फुड पोइजिनिगंको समस्या पनि बढाउँछ । किनकी जाडोमा खाना सहजै पच्ने, खाना छिटो बिग्रिने समस्या कम हुन्छ भने गर्मीमा खाना पचाउन र खाना पनि चाँडै विग्रिने हुन्छ जसले गर्दा फुड पोइजिनिगंको समस्या बढ्छ । त्यतिमात्र नभई जलवायु परिवर्तनले सर्ने रोगका साथै नसर्ने रोगको जोखिम पनि बढाउँछ । किनकी मानिसको जीवनशैली र खानपानले पनि ठूलो प्रभाव पार्छ ।

नेपाल जस्तो कृषि प्रधान देशमा समयमा पानी नपर्दा किसानहरुलाई बढि समस्या हुने गर्छ । पानी पर्ने समयमा पानी नपर्दा र पानी नपर्ने समयमा पानी पर्दा किसानलाई ठूलो क्षति हुन्छ । गरिबीको रेखामुनि रहेका मानिसले राम्रो खाना खान पाउँदैन, राम्रो कमाउन नसक्दा उनीहरु मानसिक तनावमा रहने र कुपोषण जस्ता समस्याको चपेटामा आउँछन् । यसरी विभिन्न तरिकाले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा असर पार्छ ।

Last modified on 2018-07-13 12:47:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts