मनमोहन अस्पतालमा मिर्गौला रोग सम्बन्धी निःसुल्क स्वास्थ्य शिविर 



Download our app to get more features

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको ९८ अौं  जन्म जयन्तीको अबसरमा मनमोहन अस्पताल स्वयम्भूले मिर्गाैला रोग सम्बन्धी दुई दिने निःसुल्क स्वास्थ शिविर आयोजना गरेको छ ।  प्राडा गुणकुमार श्रेष्ठको नेतृत्वमा शिविर आयोजना गरिएको हो । 

कार्यक्रममा मनमोहनको सम्झना गर्दै उनको तस्विरमा माल्यार्पण गरिएको थियो । सो अवसरमा मनमोहन अस्पतालका अध्यक्ष राजेन्द्र पाण्डेले स्वर्गीय मनमोहनको योगदानको चर्चा गरेका थिए । जन्म जयन्तीको अवसरमा अस्पतालले निःसुल्क ओपिडी सेवाका साथै अन्य सेवामा २५ प्रतिशतसम्म सहुलियत दिइएको छ । मिर्गौला सम्बन्धी रोगको भयावह अवस्थालाई ध्यानमा राखेर मिर्गौला तथा पत्थरी सम्बन्भध स्वास्थ्य शिविर आयोजना गरिएको अस्पतालका निर्देशक डा. धर्मदत्त सुबेदीले जानकारी दिए । शिविरबाट १५ सय भन्दा बढीले सेवा लिने अनुमान छन् । 

Last modified on 2018-06-28 13:55:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts