भिन्न क्षमता भएका विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण



Download our app to get more features

काठमाडौं, १४ असार । स्पेसल ओलम्पिक्स नेपाल बसुन्धाराले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा बुधबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । सो शिविरमा भिन्न क्षमता भएका एक ३९ विद्यार्थीले सहभागिता जनाएका थिए । 

शिविरमा विद्यार्थीहरुले दन्त परीक्षण, मुख स्वास्थ्य सम्बन्धी शिक्षा र आँखा परीक्षण गराएका थिए । शिविरमा सहभागी अधिकांश विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर रहनुको फेला परेको थियो । शिविरमा विद्यार्थीहरुलाई दाँत माझ्ने तरीका पनि सिकाइएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts