दुई हप्ता बिदा लिएर डा. केसी अनसन बस्न जुम्ला गए



Download our app to get more features

जुम्ला, १५ असार । प्राध्यापक डा. गोविन्द केसीले आजबाट १५औं सत्याग्रह सुरु गर्दैछन् । एक सहयोगीसहित काठमाडौंबाट जुम्ला पुगेका डा. केसीले आजै साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५औं पटक अनसन सुरु गर्ने भएका छन् । 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. केसीले अस्पतालबाट दुई साता बिदा लिएका छन् । विपन्न नागरिकले सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि डा. केसीले १५ औं सत्याग्रह गर्ने निर्णय गरेका हुन् ।
निःशुल्क पीजी पछिको सेवा अवधि समझदारी भए बमोजिम २ वर्ष कायम गर्ने बाहेक पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जारी गर्न सरकार र राजनीतिक दलहरुसँग केसीले माग गरेका छन् ।

पूर्व सहमति कार्यान्वयन सत्याग्रहको प्रमुख माग
सरकारले पटक पटकको सहमति र सम्झौतामा काठमाडौं बाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन पक्षमा झारा टार्नेमात्र काम भएको, प्रमुख राजनीतिक दलहरुको नियत नै देशमा स्वास्थ्य सेवा बिस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्ने भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन नसकेको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको, पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना नभएको डा. केसीको माग रहेको छ । 
उनले मेडिकल शिक्षालाई नियमन गरेर शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने तथा यी क्षेत्रमा भइरहेका अनियमितताहरु रोक्नका लागि कानुनी व्यवस्था गर्नका लागि वर्षौं लामो आन्दोलनको बलमा संसदमा पुगेको चिकित्सा शिक्षा ऐन यस अगाडि विभिन्न राजनीतिक दल र नेताहरुको संकीर्ण स्वार्थका कारण पारित हुन नसकेको भन्दै अनसन बस्न लागेका छन् ।
 

Last modified on 2018-07-01 07:59:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts