केसीलाई जुम्ला प्रशासनले अनसन बस्न दिएन, नयाँ स्थानको खोजीमा



Download our app to get more features

जुम्ला, १६ असार । १५ औं सत्याग्रह गनर्का लागि जुम्ला पुगेका प्रा.डा.गोविन्द केसीलाई जुम्ला प्रशासनले अवरोध उत्पन्न गरेको छ ।

शुक्रबार अबेर जुम्ला पुगेका डा.केसीलाई अनसन बस्नमा रोक लगाउने उदेश्यका साथ जुम्ला जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर वरपर २ सय मिटर क्षेत्र मा निषेधित क्षेत्र तोकेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको पनि वरपरको २ सय मिटर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

डा.केसीलो आफ्नो १५ औं सत्याग्रह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्ने निर्णय गरेपछि प्रशासनले शुक्रबार निषेधित क्षेत्र घोषणा गरिएको पत्र सार्वजनिक गरेको छ ।

प्रशासनले अनसन बस्न अवरोध गरेपछि डा.केसीको अनसन बस्ने स्थान र समयको अहिले टुंगो लाग्न सकेको छैन । तर, आजै कुनै एक स्थानमा अनसन सुरु गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.राजेन्द्रराज वाग्लेले हाम्रो डक्टरलाई जानकारी दिएका छन् ।

यसैबीच, डा.गोविन्द केसी अलायन्सले आज मध्यान्ह १२ बजे माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणाको विरोध गर्दै र चिकित्सा शिक्षा विधेयक पारित गराउन भन्दै प्रदर्शन गर्ने भएको छ ।
 

Last modified on 2018-07-01 08:00:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts