कान सफा गर्न उपयोगी घरेलु क्याण्डिल...



Download our app to get more features

हाम्रो ५ ज्ञानेन्द्रिय मध्यको एक हो कान । हाम्रो श्रवण क्षमताको लागि बाहिर देखिने महत्वपूर्ण अङ्ग । कान मानिसको सौन्दर्यको पक्ष पनि हो । तर कानबाट निरन्तर फोहोर पनि निस्कने गर्दछ जसलाई निरन्तर सफा नगर्दा हाम्रो सौन्दर्य कुरुपतामा बदलिन सक्छ ।  

कानबाट निस्कने फोहोरको सफाईका लागि हामी विभिन्न उपायहरु अपनाउने गर्छौ । हामीले अपनाउने उपाय कति उपयोगी र अनुपयोगी छन् त्यो फरक प्रसंग होला । कानबाट निस्कने फोहोरको सफाइका लागि एउटा बिबाद छ जो चिकित्साविज्ञान र आयुर्वेद विज्ञानमा, त्यो हो इयर क्याण्डल । 

के हो इयर क्याण्डल ? 
इयर क्यान्डल कानको फोहर निकाल्ने एक प्रक्रिया हो । जस अन्तर्गत फ्याब्रिक ट्युवबाट बनेको र मैनको मिश्रणबाट बनेको एक प्रकाको खोक्रो मैनबत्ती कानको भित्र राखिन्छ र मैनबत्तीलाई १५ मिनेटसम्म जलाइन्छ । मैन बत्ति जलिसकेपछि बाँकी रहेको मैनमा कान भित्रको फोहोर जम्मा हुन्छ । 

के भन्छ आयुर्वेद विज्ञान ?
कानमा धेरै पटक भारीपनको अनुभव हुनु, सुन्ने शक्तिमा कमी आउनु, कानमा दुखाइ शुरु हुनु जस्ता समस्या आएमा कानको फोहर हटाउन आवश्यक हुन्छ । इयर क्यान्डल कानको फोहोर हटाउने उत्तम उपाय हो । यदि कानमा कुनै प्रकारको चोट या कुनै गम्भीर रोग भएमा यो विधि अवलम्बन गर्नु हुँदैन । 

इयर क्यान्डलको सही तरीकाबाट उपयोग सुरक्षित छ तथा कानको फोहर हटाउन प्रभाकारी तरीका हो । कानमा फोहर जम्नु धेरै व्यक्तिका लागि सामान्य समस्या हो । इयर क्यान्डलको प्रयोग सौन्दर्य विशेषज्ञ, वैकल्पिक उपचार विशेषज्ञ वा घरमा कसैको सहयोगमा गर्न सकिन्छ । 

के भन्छ चिकित्सा विज्ञान ? 
चिकित्सकका अनुसार यो विधिद्धारा फोहर निकालिसकेपछि फलस्वरुप जल्ने, कान बन्द हुने, कानको जाली फुट्ने, संक्रमण जस्ता समस्याको सामना गर्नुपर्छ । चिकित्साविज्ञानले विभिन्न औजारको विकास गरेको छ जसले सजिलै र कुनै साइड इफेक्टबिना नै कानको सफाई गर्न सकिन्छ । यो अवस्था परम्परागत रुपमा गरिने इयर क्याण्डल कान सफा गर्ने राम्रो उपाय हैन । 

 

एजेन्सीको सहयोगमा

Last modified on 2018-07-13 12:18:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts