सडक दुर्घटनामा घाईते भएकाको उपचार निःशुल्क



Download our app to get more features

काठमाडौं, १८ असार । सडक दुर्घटनामा परी घाईते भएकाहरुको निःशुल्क उपचार राज्यले गर्नुपर्ने भएको छ । 

नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन, भन्ने व्यवस्था रहेको हुदा सो उपचारको दायित्व सरकारले लिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो । 

सडक दुर्घटनमा परी घाईते भएकाहरुको समयमा उपचार हुन नसक्दा धेरै मानिसको मृत्यु भइरहेको अवस्थामा मन्त्रालयले सडक दुर्घटनामा परी घाईते भएकाहरुको निःशुल्क उपचारको जिम्मा राज्यले लिनुपर्ने स्पष्ट पारेको हो । सडक दुर्घटनाका घाईतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न प्रि हस्पिटल केयरको दायित्व निर्वाह गर्न गत मंसिर २७ गते स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव अगाडी बढेको थियो । 

वीर अस्पतालका ईमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले सडक दुर्घटनामा घाईते भएकाहरुको उपचार राज्यले निःशुल्क गर्नुपर्ने बताए । ‘दक्षिणपूर्वि एसियाली राष्ट्र थाईल्याण्डमा दुर्घटना दर बढी भएपनि मृत्यु हुने र असक्षम हुनेको दर ज्यादै कम रहेको छ । थाईल्याण्डमा दुर्घटना स्थलमानै स्वास्थ्य सेवा प्रबाह गर्ने गर्दछ । नेपालमा पनि स्वास्थ्य मन्त्रालयलाई प्रि हस्पिटल केयरको दायित्व निर्वाह गर्न जरुरी देखिएको छ,’  उनले भने ।

पेट्रोलियम पदार्थमा प्रति लिटर १ पैसा स्वास्थ्य सुरक्षा कर लागु
उक्त व्यवस्थाको लागि केन्द्रिय कमाण्ड कन्ट्रोल केन्द्रको  स्थापना गर्न र आवश्यक बजेट व्यवस्था हुन जरूरी भएकोछ । त्यस बापत राज्यमा पर्न जाने आर्थिक भारको व्यवस्थापनको लागि पेट्रोलियम पदार्थमा प्रति लिटर १ पैसा स्वास्थ्य सुरक्षा कर लागु गर्ने गरी प्रस्ताव अगाडी बढेको छ । 
 

Last modified on 2018-07-03 07:01:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts