विश्व हेपाटाइटिस दिवस

एचआइभी भन्दा खतरनाक हेपाटाइटिस !



Download our app to get more features

नेपालमा संक्रमणको रुपमा फैलिरहेको रोग मध्ये भाइरल हेपाटाइटिस पनि एक हो । विभिन्न भाइरसको संक्रमणपछि कलेजो सुन्निने समस्या नै हेपाटाइटिस हो । 

यसकारण हेपाटाइटिस 
हेपाटाइटिस के कारण हुन्छ भन्ने एकिन भइसकेको छैन । तर हेपाटाइटीस ए, बी, सी, ई नामका भाइरसले कलेजोमा भाइरल हेपाटाइटिस गराउने विभिन्न अध्ययनले देखाएको छ । 

भाइरल हेपाटाइटिस सर्ने माध्यम 
हेपाटाइटिस ए र ई पानीबाट सर्ने गर्छ । यसका भाइरस दुषित पानीबाट सजिलै सर्न सक्छ । हेपाटाइटिस बी र सी भाइरस शरीरको तरल पर्दाथबाट वा रगतबाट सर्छ । भाइरल हेपाटाइटिस बी भने आमाबाट बच्चामा सर्ने गरेको पाइन्छ । कतिपय अवस्थामा शारीरिक सम्पर्कबाट पनि सरेको पाइन्छ । हेपाटाइटिस सी पनि रगतबाट नै सर्छ । धेरैजसो लागूपदार्थ प्रयोगका लागि सुईको प्रयोग गर्ने र शारीरिक सम्सर्गबाट पनि यो रोग सर्छ ।

लक्षण
भाइरल हेपाटाइटिस ए, बी, सी, ई जुन प्रकारको भए पनि लक्षण उस्तंै देखिन्छ । ति यसप्रकारका छन् ः—
—शरीर कमजोरी हुने ।
—ज्वरो आउने ।
—रुघाखोकी लागेको बेलामा जस्तै भाइरल ज्वरो आउने ।
—दोस्रो सातादेखि बिरामीलाई जन्डिस हुने ।
—जीउ शिथिल हुने ।

कुनै कुनै बेलामा हेपाटाइटिस बी र सी को लक्षण नै देखिदैन । लामो समयसम्म इन्फेक्सन भएपछि एकै पटक बिरामी हुन्छ । हेपाटाइटिस ए र ई पानीबाट सर्छ जसको क्षणिक लक्षण हुन्छ । त्यसको दीर्घकालिन असर देखिदैन र आफै निको हुन्छ । हेपाटाइटिस बी र सीमा दीर्घकालीन असर देखिन्छ । लामो समयसम्म कलेजोलाई बिर्गाछ र कलेजो खुम्चिएर शिरोशेष हुन्छ । अत्याधिक रक्सी सेवनपछि कलेजो ड्यामेज हुन्छ यो रोग लागेमा पनि त्यस्तै हुन्छ । पेटमा पानी जम्ने, वान्तामा रगत जाने पनि हुन्छ ।

परीक्षण र उपचार
भाइरल हेपाटाइटिसको जाँच भनेको रगत परीक्षण नै हो । पानीबाट सर्ने हेपाटाइटिस ए र ई जसको जाँच रगतबाट नै हुन्छ । जसमा ए आइजियम र ई आइजयिमको जाँच हुन्छ । यो परीक्षणले क्षणिक जन्डिस भएको पता लगाउन सकिन्छ । हेपाटाइटिस बीमा लक्षण कम देखिन्छ । कहिलेकाही रगत परीक्षण गर्दा थाहा हुने गर्छ एचपीभी डिएनएको जाँच बाट थाहा हुन्छ । यो क्रममा बिरामीले अरुलाई रोग सार्न सक्छ वा सक्दैन पत्ता लाग्ने हुन्छ । 

हेपाटाइटिस ए र ई
—हेपाटाइटिस ए र ई साधारण रोग हो ।
—धेरै कमजोर भएमा २ देखि ४ दिन अस्पतालमा भर्ना भइ साधारण उपचार गरे यो रोग निको हुन्छ । 
—यो आफै निको हुने पनि गर्छ ।
—दीर्घकालिन हुँदैन ।

हेपाटाइटिस ए, बी, सी र ई 
—हेपाटाइटिस बी र सीको दीर्घकालीन असर हुन्छ यो रोग आफै निको हँुदैन ।
—हेपाटाइटिस बीको लागि चिकित्सकको परामर्शमा औषधि वा इन्जेक्सन लगाउनु पर्छ ।

हेपाटाइटिस बीको संख्या धेरै छ र कलेजो धेरै सुनिएको छ भने बिरामीको कलेजो काम नलाग्ने पनि हुनसक्छ । औषधिको प्रयोग लामो समयसम्म गर्नुपर्ने हुन्छ । ट्यावलेट औषधिको तुलनामा इन्जेक्सनको साइड इफेक्ट बढी हुन्छ । तर यसको प्रयोग एक वर्ष जति मात्र गरे पुग्छ । 
केही समय अघिसम्म हेपाटाइटिस सीको उपचार सम्भव हुँदैन थियो । तर अहिले यसको पनि उपचार सम्भव भएको छ । यसका लागी पनि ट्याब्लेट औषधिकै प्रयोग गरिन्छ । रोग कुन चारणमा सोही अनुसार यसको उपचार गरिन्छ ।
पहिलो, दोस्रो, तेस्रो, चौथो समूहका लागि ट्याव्लेट औषधिको प्रयोग गरिन्छ ।
हेपाटाइटिस सीमा प्रयोग हुने ट्याब्लेटहरू कयायकदग खष्च र खभउिबतबक खष्च  हो । २०१२ अघि यो औषधि आएका थिएनन । 

बच्ने तरिका 
—सुईको प्रयोगमा होसियारी अपनाउने । विशेषगरी सुई मार्फत लागूऔषध लिनेहरुका होपाटाइटिसको जोखिम उच्च रहन्छ । त्यस्ता व्यक्तिले विशेष ख्याल गर्ने । 
—सुरक्षित यौन सम्पर्क गर्ने ।
–आमामा हेपाटाइटिस बी वा सी भएको छ भने राम्रोसँग औषधिको प्रयोग गरेर मात्र बच्चा जन्माउने ।  
हेपाटाइटीस, एचआइभी भन्दा पनि डरलाग्दो रोगको हो । सरकार र विश्व स्वास्थ्य संगठनको ध्यान एचआभीका बिरामी गएको छ । तर संसारमा एचआइभीका बिरामी ५० बिलियम छन् भने हेपाटाइटिस बी र सीका बिरामी तीन सय बिलियन छ  । कहिले कही त हेपाटाइटिस बी र सीको लागि बजारमा औषधि समेत अभाव हुने गर्छ ।

 

प्रस्तुती: ज्ञानु दुलाल

Last modified on 2018-07-29 06:43:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts