कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी अस्पताल छाडेर डा. केसीको अनसन स्थलमा 



Download our app to get more features

काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै चारदिनदेखि जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा छाडेर अनशनस्थलमा पुगेका छन् । 

डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदा समेत उनको उपचारमा प्रशासनले बाधा पुर्याएको भन्दै उनीहरु हातमा कालोपट्टी बाँधेर केसीको अनशनमा ऐक्यवद्धता जनाउन अनशनस्थलमा पुगेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न लाग्दा केसीलाई दुईदिन अघि प्रहरीले गिरफ्तार गरेर जिल्लाको कवर्ड हलमा राखेको थियो । केसी त्यहीँ अनशनरत छन् । 

माथेमा आयोगको प्रतिवेदन विपरित संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने भएसँगै केसीले १५ औं चरणका अनशन थालेका हुन् । उनले विभिन्न ७ वटा माग अघि सारेका छन् । केसीको समर्थनमा जुम्ला लगायत मुगु, कालिकोट लगायतका जिल्लामा कार्यरत चिकित्सकले पनि आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । त्यस्तै नेपाल चिकित्सक संघ कर्णाली र केन्द्रले समेत केसीको जीवन रक्षार्थ सरकारसँग माग गरेका छन् । 

तस्विर सौजन्यः डा. भूमेश काफ्ले

Last modified on 2018-07-04 06:09:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts