विश्व मिर्गौला दिवस

बच्चाहरुको मिर्गौला किन बिग्रन्छ ? कसरी थाहा पाउने ?


Download our app to get more features
Spark_health_home Birat Hospital

मिर्गौला रोग जटिल प्रकतिको रोग हो । प्रत्येक वर्ष यो रोगका बिरामी बढिरहेका छन् । के बच्चा, के युवा, के वृद्ध सबै उमेरका मानिसमा यो रोग लाग्ने गर्दछ । नेपालमा पछिल्लो समय धेरै बच्चाको मिर्गौला बिग्रेको पाइन्छ । बच्चामा मिर्गाैला किन बिग्रन्छ र कसरी थाहा पाउने भन्ने विषयमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर प्रमोदकुमार क्षेत्रीको सुझाव यस्तो छ:

मिर्गौला रोग वृद्धवृद्धा तथा युवाहरुलाई मात्र लाग्छ भन्ने धेरैको बुझाई छ । तर होइन । मिर्गौला रोग बच्चाहरुमा पनि लाग्न सक्छ । यो रोगका लक्षणहरु निकै ढीला मात्र थाहा हुने भएकाले मिर्गौला रोग जटिल रोग बन्ने गर्दछ । यस अर्थ पनि अभिभावकले सदैब बच्चाहरुको मिर्गौला प्रति चासो राख्नु पर्दछ ।

vayoda

bp_ad

बच्चामा मिर्गौला रोग लाग्ने मूख्य कारण यस्ता छन्:
१.
पटक पटक पिसाबको संक्रमण हुनु ।
२.पिसाबबाट प्रोटिन जानु ।
३.पत्थरी हुुनु ।
४.लामो समय नाक तथा घाँटीको संक्रमण हुनु ।
५.वंशाणुगत गुण ।
६. पिसाब धेरै समयसम्म थुनेर राख्ने बानी हुनु ।
७.जंगफुडहरुको प्रयोग बढी गर्नु ।

लक्षण:
१.पिसाब पहेलो देखिने । 
२.पिसाब पोल्ने ।
३.पिसाब फेर्दा फिँज आउने ।
.रक्तचाप बढ्ने ।
५.पिसाब कम हुुने ।
६. पिसाबमा रगत देखिने ।

बच्ने उपाय:
१.पिसाब पहेलो देखियो वा कुनै पनि समःया देखिए, तत्काल पिसाब परीक्षण गराउने ।
२.घाँटी तथा छालामा कुनै पनि संक्रमण भए तुरुन्त परीक्षण गराउने ।
३. बच्चा ९, १० वर्षसम्म पनि ओच्छानमा पिसाव फेर्छ भने  मिर्गाैला सम्बन्धी रोग लाग्न सक्छ । यस्ता बच्चाको स्वास्थ्य परीक्षण गराउने ।
४.कब्जियत, पित्तथैलीमा समःया हुदा पनि मिर्गौला बिग्रन सक्छ त्यस कारण यस्ता समस्यादेखिए परीक्षण गराउने ।
५. बच्चालाई प्रसस्त पानी पिउँन लगाउने ।
६.जंग फुड,आइसक्रिम लगाएतका खानेकुराको प्रयोग गर्न नदिने ।
७. मिर्गौला रोगी आमा बाबु भए सन्तान नजन्माउने ।
८.यदि पेटभित्रै बच्चामा मिर्गौला रोग लागेको थाहा पाए चिकित्सकको सल्लाह बमोजिम मिलेसम्म  यःतो बच्चालाई नजन्माउने ।

Last modified on 2019-03-16 07:13:50

gch_ivf samyog_advertisement bathrog

1 Comments

  1. Mero left side ma dukhne gar xa kina hola ani yek choti doctor lai dekha ko ra sada x-ray gare ko ta thik xa bhanyo k bhako hola malai ta dherai dar lagxa

Leave a Comment

NIdan Hospital tuberculosis

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts