अनुहारको चिल्लोपन हटाउने यस्ता छन् उपाय...



Download our app to get more features

चर्को घाम अनि वातावरण प्रदुषणका कारण अनुहारमा चिल्लोपन बढ्ने गर्छ । कसैको भने छाला नै चिल्लो प्रकारको हुन्छ । अनुहारको छालामा चिल्लोपना बढी भएमा डण्डिफोर तथा खटिरा आउने सम्भावना बढी हुन्छ । यस्ता खटिरा दाग बनेर अनुहारको सौन्दर्य बिगार्न सक्छ । 

त्यसैले छाला स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मी मौसम त चिल्लो छाला हुनेका लागि टाउको दुखाई नै बन्छ । त्यसैले के कारणले यस्तो भएको हो त्यसैअनुसार यस्तो समस्याको निराकरण गर्न सकिन्छ । 

अनुहारको छाला स्वस्थ राख्न सबैभन्दा पहिले खानपानमा ध्यान दिनुपर्छ । अनुहार चम्किलो राख्न पानी प्रशःत पिउने, फलफूल तथा हरियो सागसब्जी खान जोड दिनुपर्छ । कपालमा लगाएको तेलले पनि अनुहारमा चिल्लो बढ्छ । 

छालामा चिल्लोपना बढी भएका मानिसले व्युटिसियनको सल्लाहमा सनब्लक तथा अन्य क्रिम प्रयोग गर्नुपर्छ । श्रृङ्गार सामग्रीले समस्या उत्पन्न भएको छ भने छाला रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । कतिपय मानिसलाई छालाअनुसार श्रृङ्गार सामग्री नफाप्न सक्छ । 

गर्मी मौसममा अनुहारमा बढी नै चिल्लो निस्कने हुदाँ धूलो टाँसिएर खटिरा आउन सक्छ । धुवाँ, धुलो उड्ने ठाउँमा जानुभएको छ भने जतिसक्दो चाँडो मुख धुनु राम्रो मानिन्छ । 

अनुहारमा चिल्लोपना आउनेबित्तिकै नरम कपडाले मुख पुछ्नु पर्छ । अनुहारमा चिल्लोपना कम गर्ने सबैभन्दा राम्रो उपाय उचित सरफाई र खानपान नै हो । बढी चिल्लो खाना नखाने गर्दा पनि अनुहारमा चिल्लोपना कम हुन्छ ।


(सौन्दर्य विज्ञ सरिता शर्मा सँग गरिएको कुराकानीको आधारमा)

Last modified on 2018-07-11 07:59:41

1 Comments

  1. Hamro. Niyemit sex gareko 1.5 years vayo taipani bachha basena ra budiko maina wari pani vako xaina up8 garda normal xa mins hune Medicne deko thiyo mins 5 pani tara pheri maina wari rakiyo Dr sab Yesko samadhan garna plz upayae bataidinoo hola


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts