७२ घण्टाभित्र उपचार नगरे सापु रोगले आँखाको दृष्टि नै गुम्छ 



Download our app to get more features

सापु आँखामा लाग्ने एक प्रकारको रोग हो । पुतलीको झुस आँखामा परे यो रोग लाग्छ ।  सापु रोगका कारण मानिसको दृष्टि गुम्न पनि सक्छ । यो रोग लागे आँखाको पर्दा र नसालगायतका भागमा असर पर्छ । समयमा उपचार नभए आँखाको ज्योति पनि गुम्न सक्छ । यो रोगबाट विषेशगरी कृषि पेशामा आबद्ध मानिसहरू बढी प्रभावित हुने गरेका छन् । खेती लगाउने बेला साउन/भदौदेखि अन्नबाली नथन्काउन्जेलसम्म यो रोग देखिने गरेको छ । यो अत्यन्त डर लाग्दो रोग भएकाले सचेत हुन जरुरी छ । रोग सम्बन्धी सचेतना अभावका कारण बर्र्सेनी यो रोगका बिरामी बढिरहेका छन् । 

पुतलीको झुस आँखामा पसिसकेपछि केहि घण्टाको बीचमा नै आँखाको दृष्टि कम हुँदै जान्छ । कम्तीमा ७२ घण्टाभित्र यसको उपचार गरिसक्नुपर्छ । साथै सापु रोग अरू कुनै दीर्घ रोगका कारण पनि लाग्न सक्छ । यो रोग दुबै आँखामा लाग्दैन । सापु रोग ६५ देखि ७० प्रतिशत १६ वर्षमुनिका बालबालिकामा देखिएको छ । यसैगरी सवै भन्दा बढी (७० प्रतिशत) पहाडी भेगका मानिस सापु रोगबाट पीडित छन् । हिमाली भेगका २५ प्रतिशत र तराईबाट ४ प्रतिशत मानिस मात्रै सापु रोगबाट पीडित भई उपचारका लागि आउने गरेका छन् । तिलगंगा आँखा अस्पतालमा पुग्ने सबैभन्दा बढी सापु रोगका बिरामी काठमाडौं उपत्यका र आसपासका छन् । यो रोगको उपचार गर्न भारत र भुटानबाट समेत आउने गरेका छन् ।

लक्षण

झुस पर्नासाथ आँखा रातो हुन्छ ।
लाइटमा हेर्न गाह्रो हुन्छ । 
आँखाको ज्योति क्रमशः केहि घण्टाको अन्तरमा घट्दै जान्छ । 
आँखाको दुखाईमा घटबड हुन्छ । 

पुतलीबाट जोगिने उपाय

साँझमा घर बाहिर ननिस्कने ।
घरको झ्याल ढोकामा जाली राख्ने । 
राती सुत्दा झुलको प्रयोग गर्ने ।
आँगनमा सकेसम्म सेतो बत्ती नबाल्ने ।
सम्भव भएसम्म पहेँलो सीएफएल चिम प्रयोग गर्ने ।
कुनै पनि पुतली छोएपछि साबुन पानीले हात धुने ।
अनावश्यक रुपमा आँखा नछुने ।
प्राथमिक उपचार 

आँखालाई सफा पानीले पखाल्ने

आँखा नमिच्ने ।
 सकेसम्म छिटो नजिकैको आँखा उपचार केन्द्रमा जाने । 

Last modified on 2018-07-11 08:00:02

1 Comments

  1. Seasonal hyperacute panuveitis (SHAPU)is a mysterious disease. If you feel sudden redness, difficulty to see on light (Photophobia) and blurriness of vision please immediately contact to the nearest eye centre/ eye hospital. For more eye health updates visit www.eyehealthnepal.com


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts