किन हुन्छ कब्जियत ?



Download our app to get more features

सामान्यतया स्वस्थ मानिसको तुलनामा लामो समयसम्म पनि दिशा नआएमा वा गोटा परेमा त्यसलाई कब्जियत वा मेडिकल भाषामा “कन्स्टिपेसन“ भनिन्छ । अरु कुनै समस्या नभएमा दीनको तीन पटक देखि हप्ताको तीन पटकको दिशा भएमा त्यसलाई सामान्य मानिन्छ । तर तीन दिन वा सोभन्दा बढी समयसम्म दिशा नभएमा वा दिशा गर्न बस्दा गाह्रो भएमा भने कब्जियत भएको हुन सक्छ ।

कब्जियत आफैमा कुनै रोग नभएर विभिन्न रोगको एउटा लक्षण हो । त्यसैले कब्जियत देखिएमा यसको कारण के हो भनेर पत्ता लगाउन जरुरी हुन्छ ।

कारणहरुः
कब्जियत वा गोटा पर्नुको कारण सामान्यदेखि लिएर क्यान्सरसम्म हुन सक्छ । त्यसैले यो समस्या किन देखिएको हो भनेर समयमै पहिचान गर्न जरुरी हुन्छ । निम्न कारणहरुले कब्जियत देखिन सक्छः

  • पानी कम पिएमा, खानामा फाइबरको मात्रा कम भएमा
  • विभिन्न औषधीको नकारात्मक असरको रुपमा Opiods, Anticonvulsants, Antidepressants, Antacids, Calcium channel blockers समुहको औषधिलामो सेवन गरेमा
  • शारीरिक कसरत कम भएमा वा कम शारीरिक परिश्रम काम गर्ने मानिसहरू जस्तै वृद्ध वृद्दामा
  • विभिन्न नशा सम्बन्धी रोगहरु जस्तै पार्किन्सोनिजम, मल्टिपल स्क्लेरोसिस, पक्षघात आदि भएमा
  • मधुमेह, थाइराइड कम बन्ने रोगः हाइपोथाइराइडिजम भएमा
  • इरिटेवल वा ओल सिन्ड्रोम भन्ने रोग भएमा
  • गर्भावस्थामा
  • ठूलो आन्द्राको क्यान्सर भएमा

अन्य लक्षणहरुः

  • कब्जियतसँगै त्यसको कारण अनुरुप अन्य विभिन्न लक्षणहरु पनि देखि सक्छ ः
  • दिशामा रगत देखिने
  • पेट फुल्ने
  • दिशा गर्न लाग्दा अत्यधिक दुख्ने तर दिशा नआउने
  • घरीघरी दिशा आइरहेको जस्तो लाग्ने
  • दिशा गर्ने ठाउँमा चिरा पर्ने वा घाउ देखिने
  • तौल घट्ने
  • दिशा आएमा पनि थोरै वा साह्रो आउने

दिशामा रगत देखिएमा, पेट फुल्दै गएमा, तौल घट्दै गएमा वा एक्कासी कब्जियतको समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिएर कारण पत्ता लगाएर उपचार गरिहाल्नु पर्छ ।

जाँच कसरी गर्ने?
चिकित्सकले रोगसँग सम्बन्धित शारीरिक जाँच र केही प्रयोगात्मक जाँच गरेपछि कुन रोग लागेको पुष्टि गर्न सकिन्छ । आवश्यकता अनुसार कोलोनोस्कोपी भन्ने सानो पाइपको माध्यमबाट आन्द्राको स्थिती हेर्ने जाँच पनि गर्न सकिन्छ ।

उपचार के हो ?
परिक्षणबाट कब्जियतको कारण यकिन भएपछि त्यही कारण अनुसार यसको उपचार गर्न सकिन्छ ।

  • प्रशस्त पानी पिउने
  • फाइबर युक्तखानाहरु जस्तै हरियो सागपात, फलफूलआदि यथेष्ट मात्रामा खाने
  • लामो समयसम्म कब्जियत गराउने औषधिहरुको सेवन नगर्ने
  • शारीरिक व्यायाम र कसरत गर्ने
  • नसासम्बन्धी, आन्द्राको क्यान्सर वा अन्य कुनै कब्जियत गराउने रोग भएमा त्यसको समयमै उपचार गर्ने
Last modified on 2018-07-11 08:00:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts