तपाईंको बच्चालाई क्याल्सियम पुगेको छ ? 



Download our app to get more features

हाडजोर्नीको विकास र मजबुतीका लागि मान्छेलाई उमेरअनुसार क्याल्सियम जरुरत पर्छ । 

बढ्दो उमेरका बच्चालाई त क्याल्सियम झनै आवश्यक पर्छ । यो उमेरमा क्याल्सियम अभाव भयो भने विभिन्न समस्या निम्तिन सक्छ । हाडजोर्नी विशेषज्ञ प्रा.डा. गणेश गुरुङले हलक्क बढ्दै गरेका बच्चामा क्याल्सियम कम हुँदा निम्तिने समस्याबारे सजग गराएका छन् स्

शरीरमा क्याल्सियम कम हुँदा समस्या
शारीरिक विकासको क्रममा बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकलमा ‘ग्रोइङ पेन’(बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चामा यो समस्या देखिनुको कारण हो, शरीरमा क्याल्सियमको कमी । बच्चा बढ्दै जाँदा उनीहरुलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी दुख्ने समस्या निम्तिन्छ । बढी चुलबुले बच्चामा समस्या बढी हुन्छ किनभने धेरै खेल्ने बच्चालाई क्याल्सियमको मात्रा बढी चाहिन्छ । 

उमेरअनुसार शारीरिक विकास हुन त्यसैअनुसारको क्याल्सियम शरीरले पाउनुपर्छ । यो अवस्थामा गडबडी हुँदा बच्चाको हाडजोर्नी दुख्छ । खानपानमा विशेष ध्यान दिएर बच्चालाई क्याल्सियम पूर्ति गराउनुपर्छ । हरेक दिन बच्चालाई सामान्य मालिस गर्दा पनि दुखाइमा धेरै राहत मिल्छ । 

उमेरअनुसार बच्चालाई क्याल्सियम
उमेरअनुसार बच्चालाई क्याल्सियम जरुरत पर्छ । ६ महिनामुनिको बच्चालाई प्रतिदिन २ सय मिलिग्राम, ६ महिनादेखि एक वर्षसम्मको बच्चालाई २ सय ६० मिलिग्राम, एकदेखि तीन वर्षसम्मको बच्चालाई प्रतिदिन ७ सय मिलिग्राम क्याल्सियम चाहिन्छ । 
चारदेखि आठ वर्षसम्मको बच्चालाई प्रतिदिन १ हजार मिलिग्राम र नौदेखि १३ वर्षसम्मको बच्चालाई प्रतिदिन १३ सय मिलिग्राम क्याल्सियम आवश्यक पर्छ । बच्चालाई विभिन्न खानेकुराबाट क्याल्सियमको मात्रा पूर्ति गर्न सकिन्छ । 

क्याल्सियमका मुख्य स्रोत
दूध, दही, चिजमा क्याल्सियमको मात्रा सबैभन्दा राम्रो पाइन्छ । सुन्तलाको जुस, चकलेट मिल्क, चाइनिज बन्दागोवी, बदाम, माछालगायतमा पनि क्याल्सियमको मात्रा धेरै हुन्छ । बच्चाको उमेरअनुसार यस्ता खानामा जोड दिनुपर्छ ।

Last modified on 2018-07-11 08:00:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts