१२ दिनसम्म सरकारले माग पूरा नगर्दा डा. केसीको ध्यानाकर्षण



Download our app to get more features

काठमाडौं, २७ असार । आजसम्म आफ्नो माग पूरा नभएपछि त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाटै प्रेस विज्ञप्ति निकालेका छन् ।

चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी सत्याग्रहमा बसेको १२ औं दिन वितिसक्दा समेत सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको र हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं विज्ञप्तिमा उल्लेख गरिएको छ ।’ विज्ञप्तिमा सरकारलाई दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न समेत भनिएको छ । 

Last modified on 2018-07-11 09:48:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts