त्रिवि शिक्षण अस्पतालका चार चिकित्सक डा. केसीको उपचारमा जुम्ला जादै



Download our app to get more features

काठमाडौं, २७ असार । अनशनरत डा. गोविन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालका चार जना विशेषज्ञ चिकित्सक विहीबार जुम्ला जाने भएका छन् । शिक्षा मन्त्रालयको निर्देशनमा त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)ले त्रिवि शिक्षण अस्पतालका ३ सहित ४ जना विशेषज्ञ टोली जुम्ला खटाउने निर्णय गरेको हो ।

उपप्राध्यापक डा. प्रमेश सुन्दर श्रेष्ठको संयोजकत्वमा ४ जना विशेषज्ञ चिकित्सक जुम्ला जान लागेका हुन् । डा. श्रेष्ठ त्रिवि शिक्षण अस्पतालमा एनेस्थेसिया क्रिटिकल केयर युनिटमा कार्यरत छन् । डा. श्रेष्ठसहित त्रिवि शिक्षण अस्पतालको छाती सम्बन्धी रेस्पी युनिटका उपप्राध्यापक डा. पंकज पन्त, मनमोहन कार्डियोभाष्कुलरका उपप्राध्यापक डा. सूर्य देवकोटा र मिगौला रोग विशेषज्ञ उपप्राध्यापक डा. रविन नेपाली छन् ।

यसअघि स्वास्थ्य उपचारमा सघाउन भन्दै स्वास्थ्य मन्त्रालयले बीर अस्पतालका दुई जना डाक्टरलाई जुम्ला पठाएको थियो । तर डा. केसीले भने सरकारले पठाएको टोलीसंग उपचार नगराउने भनेपछि सो टोली बाहिरबाटै केसीको स्वास्थ्य अवस्थाको ‘अब्जरभेसन’ गरी बसेको छ ।

Last modified on 2018-07-12 08:05:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts