९० प्रतिशत पिउने पानीमा कोलिफर्म पाइएपछि राष्ट्रपतिले प्रयोग गर्न थालिन् नेपालकै महंगो पानी

जनताले पिउने खानेपानीमा भने नियमन भएन



Download our app to get more features

काठमाडौं, २८ असार । राजधानीमा प्रयोग हुने ९० प्रतिशत जार र बोतलको पानीमा कोलिफर्म देखिएपनि सरकारले त्यस्ता पानी उत्पादक विरुद्ध कुनै ठोस कदम चालेको छैन । दुई महिनाअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले राजधानीमा बिक्रि हुने विभिन्न ५० ब्राण्डका पानीमध्ये ९० प्रतिशत पानीमा दिसामा पाइने कोलिफर्म तथा २७ प्रतिशत पानीमा दिसामा नै पाइने अर्को घातक जीवाणु इकोलाई रहेको पाइएको थियो । 

दैनिक रुपमा पिउने पानीमा यस्तो घातक जीवाणु भेटिएपछि अरु त कति सतर्क भए भएनन् अर्को ठाउँमा छ तर, यसबाट सबैभन्दा बढि सतर्क भने राष्ट्रपति विद्यादेवी भण्डारी भएकी छिन् । पानीमा कोलिफर्म लगायत घातक जिवाणु मिसिएको खबर आएसँगै राष्ट्रपति भण्डारीको निर्देशनमा राष्ट्रपति कार्यालयमा नेपालकै सबैभन्दा महंगो पानी हिमालयाज अनटप पानी प्रयोग गर्न थालिएको राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ । राष्ट्रपतिको निर्देशन पछि राष्ट्रपति कार्यालयमा खाने र खाना पकाउने पानीका रुपमा नेपालकै सबैभन्दा महंगो पानी प्रयोग हुन थालेको हो ।

हिमालयाज अनटप नेपालबाट विदेशमा समेत निर्यात हुने पानी हो । व्यवसायी अजेयराज सुमार्गीको कम्पनी हिमालयन स्प्रिङले उत्पादन गर्ने यो पानी ९ सय मिलिलिटर बराबरको बोत्तलको न्यूनतम बजार मुल्य ८० रुपैयाँ पर्छ । त्यस्तै यसको ३ सय ५० मिलिलिटर र ५०० मिलिलिटरको बोत्तल पनि बजारमा उपलब्ध छ । यो पानी जारमा भने उपलब्ध नभएको कम्पनीले बताएको छ ।  

गुणस्तर सुधार्न लाग्ने कि आफुमात्र सुरक्षित हुने ? 
देशको आधिकारिक वैज्ञानिक संस्थाले बजारमा खानयोग्य पानी नभएको बताएपछि गुणस्तर सुधार र नियमनमा सरकार लाग्नु त कता हो कता राष्ट्रप्रमुखलाई आफ्नैमात्र चिन्ताले सताएको देखिएको छ । 
पानीको गुणस्तर नियमन गर्ने र सबै सर्वसाधारणलाई स्वच्छ खानेपानीको पहुँच उपलब्ध गराउनुको साटो राज्यकोषबाट दैनिक लाखौंको महंगो पानी खाएर गणतन्त्र नेपालको राष्ट्रपति कार्यालयले जनताको स्वच्छ खानेपानी पिउने अधिकारको खिल्ली उडाएको छ ।

सयौंजना कर्मचारी रहेको राष्ट्रपति कार्यालयले ९ सय मिलिलिटरकै ८० रुपैयाँ पर्ने पानी प्रयोग गर्दा दैनिक हजारौं लिटरको लाखौं रुपैयाँ पैसा खर्च भइरहेको छ । तर, सर्वसाधारणले प्रयोग गर्ने करोडौं लिटर पानी अस्वस्थकर भएको भने कम्युनिष्ट नेता र जनवादी राजनीति गरेका भनेकाहरुलाई मतलबै छैन । 
 

Last modified on 2018-07-13 07:04:57

2 Comments

  1. कृष्ण रानाon Fri, Jul 13 2018 09:55 PM

    कम्युनिष्ट शासकहरू अाफै मात्र बाँचे भइहाल्याे नि, देशवासीकाे यिनीहरूलाइ के वास्ता ?

  2. अनि पार्टी एकीकरण पछि पनि अर्काको पानी कहाँ को न्याय ?? बिचरा !!! प्रचण्ड घाममा पिउनुस , नाम जस्तै हिमाल को Top मै पुगिन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts