रेबिजकाे सुई लगाउन जानेमध्ये ७० प्रतिशतलाई घरपालुवा कुकुरले नै टाेक्छ

रेबिज हुने मानिसको संख्या बढ्दो 



Download our app to get more features

काठमाडौं, २८ असार । काठमाडौं उपत्यकामा छाडा कुकुर भन्दा घरपालुवा कुकुरले टोक्दा रेबिज हुने मानिसको संख्यामा बृद्धि भएको पाइएको छ । रेबिजका कारण मृत्यु हुनेको सख्यामा पनि बृद्धि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

कुकुरले टोकेका बिरामीको संख्या निकै बढेको र काठमाडौंमा फोहोरको कारणले भुस्या कुकर पनि बाटो, गल्ली जताततै रहेको पाइन्छ । भुस्या कुकुरको बिगबिगी बढ्नु काठमाडौं महानगरपालिकाको लापरबाही रहेको उपत्यकाबासीहरु बताउँछन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र अहिले दैनिक ८० देखि २ सय जनासम्म कुकुरले टोकेका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । तीमध्ये ७० प्रतिशतलाई आफ्नै घरमा पालेको कुकुरले टोकेको पाइएको छ ।

यसअघि सडकमा छाडा छोडिएका कुकुरले टोकेर अस्पताल आउनेको संख्या बढी भए पनि पछिल्ला दिनमा घरमै पालेका कुकुरले टोक्ने क्रम बढी रहेको टेकु अस्पतालले जनाएको छ । ‘बिरामीको तथ्यांकका आधारमा गरेको अब्जरभेसन अनुसार करिब ७० प्रतिशत घरमा पालेको कुकुरले टोकेर आउने गरेका छन् । बर्सेनि १० देखि १२ जना कुकुरले टोकेका बिरामीमा रेबिज देखिने गरेको छ क्लिनिकल अनुसन्धान एकाइ्, संयोजक डा. शेर बहादुर पुनले भने ।’

काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार काठरमाडौंमा अहिले करिब एक लाख ६ हजार कुकुर छन्, जसमध्ये ८४ हजार कुकुर घरमा पालिएका छन् भने २२ हजार सडकमा छोडिएका छन् । रेविज देखिएका बिरामी अधिकांश बाटोका कुकुरले टोकेका भए पनि केही भने घरको कुकुरले टोकेको छ ।

घरमा पालेका कुकुरमा आवश्यक भ्याक्सिनको मात्रा नपुर्याउने अन्य आवश्यक हेरचाहमा लापरबाही गर्ने गरेको पाइएको छ । बालबच्चालाई कुकुरसँग खेल्न नदिने, नियमित रूपमा भ्याक्सिन लगाउने, खाना खुवाउँदा वा बाँध्दा विशेष ध्यान दिनेलगायत सावधानी नअनाएकाले रेविज बढेको हो ।

Last modified on 2018-07-12 10:47:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts