सरकारलाई दबाब दिन चिकित्सक संघले डाक्यो बृहत भेला



Download our app to get more features

काठमाडौं, २९ असार । जुम्लामा १४ दिनदेखि आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका चिकित्कस प्राडा गोविन्द केसीको जीवन रक्षाका लागि शनिवार नेपाल चिकित्सक संघले माइतीघर मण्डलामा भेला आयोजना गर्ने भएको छ । सर्वसाधारण नगरिकको स्वास्थ्य सेवा र शिक्षामा सहज पहुँच होस् भन्ने मागसहित अनशनमा बसेका प्राडा केसीको स्वास्थ्यमा जटिल अवस्था आउँदा पनि सरकारले कुनै सुनुवाई नगरेपछि दबाब दिने उदेश्यले संघले भेल ागर्न लागेको हो । डा. केसी १६ असारदेखि आमरण अनशनमा छन् ।  

संघले जारी गरेको विज्ञप्तिमा ३० असार ०७५ शनिबार बिहान ११ः३० बजे माईतीघर मण्डलामा बृहत भेलाको आयोजना गरी सरकारलाई डा. केसीको जीवन रक्षाका लागि दबाब दिने जनाएको । 

भेलामा संघका सम्पूर्ण सदस्य, समाजका प्रतिनिधिहरु, चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरु, विद्यार्थी, सञ्चारकर्मी, बुद्धिजिबी, नागरिक समाजकाअगुवाहरु, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)का प्रतिनिधि एवं सम्पूर्ण पेशा एवं न्यायप्रेमी जनसमुदायलाई उपस्थित भई डा.  केसीको जीवन रक्षाका लागि ऐक्यबद्धता प्रकट गर्न संघले अपिल गरेको छ । 


 

Last modified on 2018-07-13 15:32:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts