चिकित्सक संघलाई आँखामा छारो



Download our app to get more features

काठमाडौं ३१ असार । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्स संघले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सुरुका दिन देखि आन्दोलनमा एक्यवद्धता जनाउँदै आएको छ ।

हाल केसीले उठाएका मुद्धा नेपाल चिकित्सक संघले तत्कालीन समयमा उठाएको थियो । तर, अनशन नै बसेर माग नराखेका कारण त्यसको जस अहिले केसीलाई गएको जानकारहरु बताउँछन् ।

नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष डा. केदारनरसिंह केसीले उपत्यकामा मेडिकल कलेज बढी भएको र अब दुर्गममा खोल्नु पर्ने बताउदै आएका थिए । आफुहरुको पनि मुद्धा भएकाले यस पटक डा. केसीसंगको वार्ता आफुहरुको अपस्थितिमा हुनुपर्ने संघले अडान राख्दै आएको छ । 

केसीले वास्तै गर्दैनन संघलाई

चिकित्सक संघले पटक–पटक केसीका विषयमा आन्दोलन गरेपनि केसीले १५ औं अनशन सम्म एक पटक पनि चिकित्सक संघ समक्ष राय सल्लाह लएिका छैनन । केसीले न आफ्नो मागका विषयमा संघलाई भनेका छन् न समाधानमा । आफ्नो राजनीति जोगाउँनकै लागि संघ जवरजस्त केसीको पछि लागेको देखिन्छ ।

संघको आखाँमा छारो

सरकारले केसीपक्ष संग भएको वार्तामा संघको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने आवाज उठाएको छ । तर, सरकारले वान टु वान वार्ता थालेको छ । शुक्रबार मात्रै सरकार पक्षले केसी पक्षका एक सहयोगी डा. अभिषेक सिंह समक्ष छलफल गरेको थियो । सरकार वार्ताको वातावरण बनाई रहेको छ ।

सिंहका अनुसार सरकारले ‘वान टु वान’ वार्ता गर्न चाहेको छ । केसी पक्षले सरकार पक्षसंग गरेको छलफल चिकित्सक संघले पत्ता पनि लगाउनन सकेन । यही अवस्था रहे चिकित्सक संघ यसपटक पनि पर्दापछाडी रहने अधिकारीहरु बताउँछन् । 
 

Last modified on 2018-07-15 09:28:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts