‘ढाड दुख्ने समस्या भएका महिला मध्ये ६० प्रतिशतमा पाठेघरको समस्या’



Download our app to get more features

काठमाडौं, ३१ असार । ढाड दुख्ने समस्या भएका महिला मध्ये ६० प्रतिशतमा पाठेघरको समस्या हुने गरेको छ । अल्का अस्पताल र एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले लमजुङको सुन्दरबजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाठेघरको समस्या भएका मध्ये ६० प्रतिशतमा ढाड दुख्ने समस्या थियो । 

शिवरमा सहभागी स्त्रीरोग बिशेषज्ञ डा. नुतन शर्माले ढाड दुख्ने बिरामी मध्ये ६० प्रतिशत भन्दा बढीमा महिलामा पाठेघरको समस्या देखिएको बताइन । सुन्दरबजारमा आयोजित शिविरमा सहभागी २ सय १५ मध्ये २ जनामा मात्रै पाठेघरको समस्या नभएको उनको भनाइ छ । उनले भनिन् ‘बाँकी सबैमा पाठेघरमा घाउ देखिएको थियो । त्यसमा १५ जनामा महिलाको पाठेघरमा जटिल प्रकारको घाउ थियो ।’

डाक्टर शर्माका अनुसार निरन्तर ढाड दुख्ने, तल्लो पेट दुख्ने, पिसाब पोल्छ,  योनीबाट फोहर पानी बग्ने, बगेको पानी धेरै गन्हाउने, योनी चिलाउने जस्ता लक्षण देखिए तत्काल परीक्षण गराउनु पर्छ । यस्ता लक्षण पाठेघरको क्यान्सरको पनि हुने उनको भनाइ छ । ‘ढाड दुख्यो भनेर पेनकिलर खाने, नशा सम्बन्धी डाक्टरलाई देखाउने गरेको पनि पाइयो ।’ डा. शर्माले भनिन् ‘त्यो पाठेघरको क्यान्सरको लक्षण हो । त्यसैले नजिकको अस्पतालमा गएर पाठेघरको जाँच गर्नुपर्छ ।’

खानपीनमा ध्यान दिन जोड
पाठेघरको घाउ संक्रमण भएर नै पाठेघरको क्यान्सर हुने हो । यसलाई रोक्न सकिने चिकित्सकहरुको भनाइ छ । पाठेघरमा रोग लाग्न नदिन खानपीनमा ध्यान दिनुपर्ने डाक्टर शर्माले बताइन् । नेपालीले खाने खानामा बढी कार्बोहाइटेड हुने तर शरीरलाई प्रोटिनको मात्रा पनि उत्तिकै चाहिने उनले बताइन् । अण्डा, माछा, मासु, गेडागुडी, दही, पनिरमा बढी प्रोटिन हुने उनले बताइन् । खानामा पनि सागसब्जीलाई बढी प्राथमिकता दिए पाठेघर सम्बन्धी धेरै समस्या ठीक हुने उनको भनाइ छ । 

डाक्टर शर्माले गोप्य अंगहरू सफाइमा पनि ध्यान दिए संक्रमण नहुने बताइन् । योनी चिलाए डिटोल पानीले सफा नगर्ने र सफापानीले मात्र सफा गर्न उनले आग्रह गरेकी छिन् । कटनको अन्डरवेयर मात्र लगाउँदा राम्रो र सिन्थेटिकको अन्डरवेयर लगाउँदा योनी चिलाउने उनले सुनाइन् । महिनावारी भएको बेलामा सरसफाइमा बढी ध्यान दिनुपर्ने डाक्टर शर्माको सुझाव छ ।
महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्ने र प्याड हरेक चार घन्टामा फेर्नुपर्ने उनको सुझाव छ । कतिपयले महिनावारी हुँदा पुराना कपडा राख्ने हुदाँ त्यसले संक्रमण झन् बढाउने डाक्टर शर्माले बताइन् ।

Last modified on 2018-07-15 16:05:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts