भक्तपुरमा महामारी फैलिन सक्ने चिकित्सकको चेतावनी

What's This?


Download our app to get more features

काठमाडौं ३२ असार । गत हप्ताको भारी वर्षाका कारण डुबानमा परेको भक्तपुरका विभिन्न क्षेत्रमा  महामारी फैलिन सक्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् ।

सरुवा रोग अस्पताल टेकुका डा. शेर बहादुर पुनले भक्तपुरका बिरामीको भनाइलाई उद्धृत गर्दै डुबान भएको क्षेत्रमा खानेपानीको ट्यांकी, इनारको फोहोर भएको बताए । 

यस्तो अवस्थामा टाइफाइड, हैजा, झाडापखालाको समस्या हुने सम्भावना धेरै मात्रामा हुन्छ । त्यहाँका जनताहरुलाई पानी सफा गरेर खान सचेतना फैलाउनुपर्ने चिकित्सक बताउँछन् ।

‘चार हप्तासम्म लक्षण देखिने सम्भावना हुन्छ, भएन भनेर यत्तिकै बस्न हुँदैन, हुनुभन्दा अगाडि योजना बनाएर बस्नुपर्छ  । हिजोआज नै केही भएन भनेर ढुक्क हुनुहुँँदैन सतर्कता अपनाउन जरुरी छ’ उनले भने ।

चिकित्सकका अनुसार त्यहाँ पानीका मुहान पनि सुरक्षित नभएकोले महामारी फैलिन सक्ने सम्भावना भएको हो । जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण बहादुर चन्दले आफूहरु बाढी आउनुअघि नै सचेत अवस्थामा बसेको भन्दै खासै समस्या नआउने दावी गरे ।

उनले भने,‘बाढी नियन्त्रण भइसक्यो, सबै सर्तकता अपनाइसकियो, यहाँका सबै नीजि र सरकारी अस्पताललाई जानकारी गरायौँ र सबैलाई सम्पर्क गरेर औषधि राख्ने, जनचेतना अभिवृद्धि गराउने गर्यौं त्यस्तो समस्या छैन ।’ 

खानेपानीमा ओरेन्ट ट्यावलेट वितरण भयो, खानेपानीको विभिन्न कार्यालयले पनि वितरण गर्यो त्यति समस्या हुँदैन । महामारी भनेको तत्काल एक/दुई दिनमा हुने हो तर ४/५ दिन हुन लागिसक्यो केही हुँदैन उनले थपे ।

Last modified on 2018-07-16 15:06:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts