डा केसीको अनशन फागुन १६ मा सर्यो

What's This?


Download our app to get more features


हाम्रो डाक्टर, २२ माघ

चिकित्सा शिक्षाक्षेत्रमा विद्यमान विकृति अन्त्यको मागसहित संघर्षमा रहेका प्राध्यापक चिकित्सक गोविन्द केसीले तत्कालका लागि अनशन स्थगित गर्नुभएको छ ।
आफुसँग भएका पूर्वसम्झौता लागु गराउन सरकार उदासिन भएको आरोप लगाउँदै चिकित्सक केसीले आजबाट अनशन बस्ने कार्यक्रम तय गर्नुभएको थियो । पूर्व सम्झौताको उल्लंघन गर्दै प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेजलाई चोरबाटो बाट सम्बन्धन दिन प्रतिष्ठान बनाउने तयारी गरिएको थियो । केसीकै अनशनबाट स्थापित चिकित्सा शिक्षा आयोगका सदस्यहरुले केसीको माग पुरा हुने संकेत देखिएको भन्दै अनशन स्थगन गर्न आग्रह गरेपछि केसीको अनशन रोकिएको हो ।

 

Hamro Doctor
Last modified on 2016-02-11 22:05:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts